काठमाडौं : नेकपा एमालेको शुक्रबार बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले २६५ जना नेताहरुको कार्यविभाजन गरेको छ।बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिएको छ भने महासचिव इश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्जको जिम्मेवारी दिइएको छ। नयाँ कार्यविभाजनमा माधव नेपाल पक्षलाई पनि सहभागी गराइएको छ।नेपाल पक्षलाई कुनै जिम्मेवारी भने दिइएको छैन। बैठकले युवा संघको इन्चार्जमा महेश बस्नेत, अनेरास्ववियूको इन्चार्जको जिम्मेवारी खिमलाल भट्टराई,