नेकपा एमालेले अन्तरपार्टी निर्देशन-१ (अपानि) जारी गरेको छ । अपानि जारी गर्दै एमालेले नेताहरूको कार्यविभाजन गरेको छ ।
एमाले महाधिवेशनपछिको केन्द्रीय कमिटी बैठकका निर्णयहरू कार्यान्वयनका लागि जारी अपानिमा विभिन्न विभाग प्रमुख, प्रदेश र जिल्ला इन्चार्जहरू पनि तोकिएको छ ।
चितवनमा भएको महाधिवेशनले पार्टी विधानमा आंशिक संशोधन गर्दै ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।
केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठक मंसिर १४ गते सौराहामा भएको थियो । दोस्रो पूर्ण बैठक मंसिर २५ र २६ गते भक्तपुरमा सम्पन्न...