क्रिकेटर सन्दीप लामिछानेले आज थुनामुक्त हुँदैछन । बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलाशले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले लामिछानेलाई भोलि मात्र थुनामुक्त गरिने बताए । पीडितसँग सम्पर्क नगर्न आदेश दिएको छ। १७ वर्षीया बलात्कार पीडित नाबालिगलाई सम्पर्क नगर्न अदालतले आदेश दिएको अदालतका रजिष्ट्रार कट्टेलले […]