खोटाङ – जिल्लाको दिक्तेल बजारस्थित जिल्ला अस्पताल चोकबाट दोर्पा–दुम्ली जोड्ने सडकखण्डअन्तर्गत थर्पुचोकमा निर्माण गरिएको ढल फुट्दा सवारीसाधनसँगै पैदलयात्रुलाई आवतजावतमा समस्या भएको छ । सडकको बीचबाट पानी कटाएर फाल्ने गरी निर्माण गरिएको ढल फुट्दा सवारीसाधन वारपार गर्न र पैदलयात्रुलाई हिँडडुल गर्न समस्या भएको स्थानीयवासीले बताएका छन् । करिब पाँच मिटर चौडाइ ढलान गरिएको उक्त सडकखण्डमा निर्माण […]