काठमाण्डाै - ‘तपाईँको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले गएको वैशाख ६ गतेदेखि अहिलेसम्म ११ लाख ५३ हजार ४ सय ७० सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सात हजार ३ सय ७९ जनालाई मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यसबाट हुन सक्ने समस्या र चुनौतीलाई ध्यानमा राखेर सङ्क्रमण रोक्न प्रहरीले तपाईँको मास्क खोइ अभियान सुरु गरेको थियो।
अभियानमा विभिन्न चेतनामूलक कार्यक्रम ...