मिर्गौलाको सङ्क्रमणको उचित उपचार गरिएन भने यसले मिर्गौलालाई गम्भीर क्षति पुर्याउँछ। त्यसैले समयमै मिर्गौला सङ्क्रमणको लक्षण पहिचान गर्न जरुरी छ । मिर्गौलामा सङ्क्रमण हुनुका धेरै कारण छन् । पानी, खाना र यूरिनरी ट्रयाक इन्फेक्सन आदिका कारण मिर्गौलामा सङ्क्रमण पुग्छ। मिर्गौलामा सङ्क्रमण कसरी हुन्छ ?१. फोहोर वा दूषित पानी र खानेकुराले पेट बिग्रन्छ र यसको ब्याक्टेरिया कहिलेकाहीँ मिर्गौलामा पुग्छ।२. मूत्राशयको सङ्क्रमणको अवस्थामा, सङ्क्रमण मूत्रमार्ग (शरीरबाट पिसाब बाहिर लैजाने नली) मार