काठमाण्डाै - नेपालमा डेङ्गीको सङ्क्रमण दिनहुँ बढ्दोक्रममा छ । तर सङ्क्रमण रोकथामका लागि प्रभावकारी काम हुन सकेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा ११ हजार छ सय ५९ जना छन् । तर तथ्याङ्कमा भन्दा अझ धेरै प्रभावित भएका हुन सक्ने अनुमान छ । सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाण्डौमा चार सय २७, धनकुटामा तीन सय ३६,...