सङ्क्रमण बढ्दै : आज थप ९,१९६ मा देखियो सङ्क्रमण

काठमाडौँ। नेपालमा गत २४ घण्टामा ९,१९६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। हिजो कूल ९,०७० जनामा सङ्क्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १९,९८७ पीसीआर परीक्षणमा ९,०२३ जनामा र ४९५ एन्टिजेन परीक्षणमा १७३ जनामा सङ्क्रमण देखिएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३,७७,६०३ पुगेको छ।

सम्बन्धित सामग्री

घट्दै छ डेङ्गी सङ्क्रमण

डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ। अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेङ्गी सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म) मा घटेको पाइएको हो।...

डेङ्गीको सङ्क्रमण रोक्न प्रभावकारी काम हुन सकेन : सङ्क्रमण दिनहुँ बढ्दो क्रममा

काठमाण्डाै - नेपालमा डेङ्गीको सङ्क्रमण दिनहुँ बढ्दोक्रममा छ । तर सङ्क्रमण रोकथामका लागि प्रभावकारी काम हुन सकेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा ११ हजार छ सय ५९ जना छन् । तर तथ्याङ्कमा भन्दा अझ धेरै प्रभावित भएका हुन सक्ने अनुमान छ । सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाण्डौमा चार सय २७, धनकुटामा तीन सय ३६,...

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, १० जिल्लामा बढी सङ्क्रमण

पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताउनुभयो । उहाँका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै …

कोरोना सङ्क्रमण घट्यो

कोरोना भाइरसको सङ्क्रमण घटेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ।...

घट्यो डेङ्गी सङ्क्रमण

कञ्चनपुर – चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ। केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गीको सङ्क्रमण कम हुँदै गएको हो। एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए। ‘पछिल्लो केही महिनायता डेङ्गी सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्’, उनले भने। चिसोमा डेङ्गी सार्ने […]

डेङ्गु सङ्क्रमण ह्वातै घट्यो

वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ। वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो।...

एमाले उपमहासचिव गुरुङलाई सङ्क्रमण

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । आज पीसीआर परीक्षणका क्रममा उनलाई सङ्क्रमण भएको हो । सङ्क्रमण भएपछि उनी होम आइसोलेशनमा छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई पनि सङ्क्रमण भएको थियो । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्यलगायतलाई सङ्क्रमण भएको छ ।

सुदूरपश्चिममा दैनिक बढ्दै कोरोना सङ्क्रमण, आज ४० मा सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा दैनिकरुपमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ ।  हप्ताको तेस्रो दिन आज एकैदिन ४० मा सङ्क्रमण पुष्टि भएको छ । सोमबार यस प्रदेशमा २८ र आइतबार पाँचमा सङ्क्रमण देखिएको थियो ।     गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ९७२ को नमूना परीक्षण गर्दा ४० मा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत आठ र एन्टीजेनमार्फत ३२ मा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा छ र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टीजेनमार

कोरोना सङ्क्रमण झन् बढ्दै, आज थप ९,०७० मा देखियो सङ्क्रमण

काठमाडौँ। नेपालमा गत २४ घण्टामा ९,०७० जनामा कोरोना सङ्क्रमण देखिएको छ। हिजो कूल ८,६५९ जनामा सङ्क्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज २०,३६७ पीसीआर परीक्षणमा ८,९७० जनामा र ७७५ एन्टिजेन परीक्षणमा १०० जनामा सङ्क्रमण देखिएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३,६८,५८० पुगेको छ।

सांसद् श्रेष्ठलाई कोरोना सङ्क्रमण

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज गरिएको पिसिआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  कोरोना सङ्क्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेसनमै रहेको उनले बताए । कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गरेका छन् ।