सुधारको बाटोमा श्रीलंकाको अर्थतन्त्र

एजेन्सी – श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड डलर र बाँकी चार अर्ब २० करोड डलर सेवा निर्यातबाट प्राप्त हुनेछ ।” यो लक्ष्य हासिल गर्न […]

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधारको बाटोमा रहेको प्रधानमन्त्रीको दाबी

नेपाल निर्माण व्यवसायी महासंघको शुक्रवारबाट हेटौंडामा सुरु भएको २५ औं साधारणसभाको उद्घाटन गर्दै उनले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रमा धेरै सुधार भैसकेको दाबी गरे।...

सरकार अर्थतन्त्र सुधारको बाटोमा ल्याउन सफल भयो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताउनुभएको छ । नुवाकोटको विदुरमा आजदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको समयमा निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको स्पष्ट पार्नुभएको हो । “अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्”, …

मुलुकको अर्थतन्त्र सुधारको बाटोमा छ : मन्त्री बस्नेत

उर्जा, जलस्रोत तथा सिंचाइँमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताउनुभएको छ । सरकारको इमान्दार प्रयासका कारण मुलुकको आर्थिक अवस्था पुनः लयमा फर्किन थालेको उहाँले दावी गर्नुभयो ।

अर्थतन्त्र सुधारको बाटो छ : अर्थमन्त्री

चितवन – अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गरे । अर्थमन्त्री डा महतले भने “अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन् । […]

अब अर्थतन्त्र सुधारको बाटोमा लागेको छः प्रधानमन्त्री प्रचण्ड - NepaliPatra

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र जागेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको भन्ने चिन्ताबीच अब अर्थतन्त्र सुधारको बाटोमा लागेको बताएका हुन्। ‘संसद्ले सरकारको नेतृत्व दिँदै गर्दा देश गम्भीर आर्थिक संकटमा थियो। एउटा भाष्य बनेको थियो आम रूपमा कि नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो। यो भाष्य बौद्धिक […]

देशको अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताउनुभएको छ । बुधबार साँझ काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताउनुभयो । लोकार्पणमा प्रधानमन्त्री …

‘नेपालको अर्थतन्त्र चलायमान बनाउन बलियो साझेदारी आवश्यक छ’

मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औंँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमका वक्ताले अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको भन्दै यसलाई थप चलायमान बनाउन नीतिगत र संरचनागत सुधारको आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन […]

‘अर्थतन्त्र चलायमान बनाउन बलियो साझेदारी आवश्यक’

काठमाडौं, १५ मंसिर । मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औंँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको भन्दै यसलाई थप चलायमान बनाउन नीतिगत र संरचनागत सुधारको आवश्यक रहेको बताए […]

अर्थतन्त्र सुधारको बाटोमा छ, अझै पनि सजग हुनुपर्छ : गभर्नर अधिकारी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारको बाटोमा रहेको तर अझै पनि सजग हुनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औँ वार्षिक साधारण सभामा गभर्नर अधिकारीले अहिले बाह्य श्रम बजार खुल्दै गएको, रेमिट्यान्स केही बढेको, पर्यटन क्षेत्रमा सुधार तथा पर्यटक बढेको, निर्यातमा केही वस्तु बढेको र विद्युतको पनि निर्यात भैरहेको अवस्थामा अर्थतन्त्र सुधारिन थालेको बताउनुभयो । उहाँले गएको वर्षदेखि नै नेपालको अर्थतन्त्र दबावमा रहनुको मुख्य कारण विदेशी विनिमय सञ्चि...

मुलुकको अर्थतन्त्र सुधारको बाटोमा : गभर्नर अधिकारी

मंसिर ८, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारी कायमै रहेता पनि मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढेको बताएका छन्  । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) ले बुधवार आयोजना गरेको आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले असोज महीनायता भएको सरकारी खर्चले पनि यसको पुष्टि हुने बताए । कोभिडका कारण अर्थतन्त्रमा चाप बढेता पनि केन्द्रीय बैंकले त्यसको व्यवस्थापनको लागि प्रयास गरिरहेको बताए । उनले समग्र अर्थतन्त्रमा केन्द्रीय बैंकको नीतिले जोगाउने काम गरेको भन्दै अहिले तरलताको समस्या टार्न अर्बौंको तरलता बजारमा पठाएको समेत बताए। उनले आर्थिक पुनरुत्थानमा सार्वजनिक साझेदारी अत्यन्त महत्वपूर्ण विषय भएकाले सरकारले पनि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढेको बताए ।यो वर्ष कर्जाको माग धेरै भएको कारण ब्याजदर केही माथि गएको भन्दै उनले चालू आर्थिक वर्षमा मूल्य वद्धिमा चाप पर्ने देखिएको बताए । कर्जाको ब्याजदर अझै दोहोरो अंकमा नपुगेकोले आत्तिनुपर्ने अवस्था नआएको पनि उनले बताए । यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडकै समयमा पनि मुलुकको अर्थतन्त्र विस्तारै अगाडि बढ्न थालेको तर अझै पनि पर्यटन, बैकिंग लगायतका केहि क्षेत्रमा संकट कायमै रहेको बताए । उनले पर्यटन अर्थतन्त्रको मेरुदण्ड भएकाले यसको पुनरुत्थानको लागि सवै पक्ष गम्भिर भएर लाग्नुपर्ने बताए । साथै उनले  मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) परियोजना मुलुकको अर्थतन्त्र विकासको लागि अत्यन्त आवश्यक रहेको भन्दै यो अवसर नेपालले गुमाउन नहुने पनि बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नाफिजले मुलुकको गतिविधिले सबै क्षेत्रमा सकारात्मक तरिकारले सम्प्रेषण गर्न सहयोग गरिरहेको बताए । उनले आर्थिक क्षेत्रमा आबद्ध पत्रकारहरुले सत्य, तथ्य तथा मुलुकको पुनरुत्थान गर्न सहयोग गरेको बताउँदै अझै यस क्षेत्रमा गहन अध्ययन गरी उत्पादनशील क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरे । त्रिभुवन विश्वविद्यालयका केन्दीय अर्थशास्त्र विभाग प्रमुख प्राडा शिवराज अधिकारीले पत्रकार सरकारको वाचडगको रुपमा भएकाले नीति नियममा प्रभावकारी कार्यान्वयन गर्नका लागि जोड दिनुपर्ने बताए । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले कोभिड - १९ ले गर्दा थलिएको अर्थतन्त्र निकै गम्भीर बनेको बताए । सरकार निजी क्षेत्रको जस्तो सबल बन्न नसकेको भन्दै उनले सरकारको आर्थिक क्षेत्रका समृद्धिका लागि साझेदारीका साथ अघि बढ्ने बताए । साथै, उनले सरकारले नीतिगत व्यवस्थापन गरेमा सहज ढंगले अघि बढ्न सक्ने जिकिर गरे । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सरकारले कोरोनाको खोपलाई प्राथमिकता दिएको बताए । उनले सरकारले सबै क्षेत्रलाई प्याकेजको व्यवस्था गर्नुका साथै सामाजिक सुरक्षामा पनि ध्यानमा राखेर राहत प्रदान गरेको बताए । सरकारको समृद्धिको सपना साकार पार्नका लागि नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नेमा जोड दिंदै उनले निजी क्षेत्रको सहयोग विना सरकारले कुनै पनि कार्यको पूर्णता दिन नसक्ने  पनि बताए ।