काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारको बाटोमा रहेको तर अझै पनि सजग हुनुपर्ने बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औँ वार्षिक साधारण सभामा गभर्नर अधिकारीले अहिले बाह्य श्रम बजार खुल्दै गएको, रेमिट्यान्स केही बढेको, पर्यटन क्षेत्रमा सुधार तथा पर्यटक बढेको, निर्यातमा केही वस्तु बढेको र विद्युतको पनि निर्यात भैरहेको अवस्थामा अर्थतन्त्र सुधारिन थालेको बताउनुभयो ।
उहाँले गएको वर्षदेखि नै नेपालको अर्थतन्त्र दबावमा रहनुको मुख्य कारण विदेशी विनिमय सञ्चि...