प्रदेश नं २ सरकारको तीन वर्ष पूरा : के–के भयो काम ?

प्रदेश नं २ सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारले आफ्नो तीन वर्षको कार्यप्रगति विवरण सोमबार सार्वजनिक गरेको छ । तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं २ संसदीय दलका नेता लालबाबु राउतको नेतृत्वमा विसं २०७४ फागुन ३ गते वर्तमान सरकार बनेको थियो । तीन वर्षको अवधिमा सरकारले गरेको कार्यप्रगतिको प्राथमि...

सम्बन्धित सामग्री

‘सञ्चार संस्थालाई निःशुल्क विद्युत् उपलब्ध गराउने तयारीमा छौँ’

पर्सा । प्रदेशभित्र सञ्चालित सबै सञ्चार संस्थालाई निःशुल्क बिजुली उपलब्ध गराउने योजनामा प्रदेश नं २ सरकार लागेको ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद् विस्तारका विषयमा बहस जारी

प्रदेश नं २  सरकार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा अधिवक्ता राजकुमार महासेठले असार १० गते पेश गरेको रिट निवेदनमाथि बहस आज पनि जारी रहेको छ  । बुधवार निवेदकका तर्फबाट आवेदक महासेठसहित आठ  कानून व्यवसायीले बहस गरेकामा आज विपक्षीका तर्फबाट बहस भएको छ । रिट निवेदनम प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकूदमन्त्री वीरेन्द्रकुमार...

ब्याड राख्ने बेलामा धानको बीउ अभाव : किसान भारतीय बजारमाथि निर्भर हुन बाध्य

जेठ २९, वीरगञ्ज । स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण पर्सा जिल्लाका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको छ ।     धान रोप्ने समय शुरु भएपनि बीउ अभावमा यहाँका किसानहरु भारतीय बजारमाथि निर्भर हुनु परेको हो । धानको ब्याड राख्ने समय शुरु भएपनि स्थानीय बजारमा बीउ नपाउँदा यहाँ किसानहरु चर्को मूल्यमा भारतीय बीउ खरीद गर्न बाध्य भएका छन् । विगतमा गुणस्तर परीक्षणबिना भारतबाट जथाभावी ल्याइने बीउले बेलाबेलामा कृषक ठगिने गरेका थिए । ‘अघिल्लो वर्ष अरु जातको धानको बीउ लगाउँदा उत्पादन कम भएको, लागत खर्च समेत उठन नसकेकाले यसपाली भारतको भेलाही बजारबाट सोना मन्सुली धानको बीउ चर्को मूल्यमा किनेर ल्याएका छौं’, जगरनाथपुर गाउँपालिका—६ का किसान रुपनारायण प्रसादले भने, ‘सोना मन्सुली धानको बीउ नेपालमा नपाउने भएकाले भारतबाट खरीद गरेर ल्याउँदा धेरै समस्या भोग्नु परेको छ ।’  उनले भारतीय बजारबाट धानको बीउ खरीद गरेर ल्याउँदा सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले हैरान पार्ने, जथाभावी रकम माग्ने र रकम नदिँदा सो बीउ नियन्त्रणमा लिनेजस्ता समस्या रहेको बताए । ‘नेपालमा प्रतिबन्ध रहेको सोना मन्सुली धानले प्रति हेक्टर अढाई मेट्रिकटन उत्पादन दिने गरेको, बढी फल्ने तथा खानमा पनि स्वादिलो हुने गरेकाले पर्साका सतप्रतिशत किसान सोना मन्सुली धान लगाउने गरेका छन्’,  कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश प्रसाद चौरसियाले भने, यो ‘धानको बीउ नेपालमा नपाउने भएकाले ७५ प्रतिशत किसानहरु भारतबाट सोना मन्सुली धानको बीउ ल्याएर खेती गर्ने गरेका छन् ।’  कम लागतमा बढी उत्पादन दिने भएकाले सोना मन्सुली धानको खेती गर्न भारतको भेलाहीबाट २५ किलो धानको बीउ ल्याउँदा प्रसौनी भाठास्थित सुरक्षाकर्मीले रू. १०० लिएको दुखेसो पोख्दै पोखरीया नगरपालिका-७ का किसान सुरेन्द्र रौनियारले भने, ‘अरु धान भन्दा सोना मन्सुली धानको उत्पादन बढी हुन्छ । प्रतिहेक्टर ४ मनका दरले उत्पादन हुने यो जातको धानको बजार मूल्य पनि राम्रो पाउने भएकाले भारतबाट बीउ ल्याएर ब्याड राखेको छु ।’ नेपालमा सोना मन्सुली धान प्रतिबन्ध रहेपनि यो धानको बीउ भारतमा मात्र पाउने भएकाले किसानहरु बीउ ल्याउँदा सीमावर्ती भारतीय बजार सिकटा, भेलाहीलगायतका सिमा नाकामा रहेका सुरक्षाकर्मीहरुले दुःख दिने गरेको, जथाभाबी रकम माग्ने गरेको गुनासो किसानको छ ।  पछिल्लो समय हाइब्रिड बीउको माग बढ्दै गएका बेला सरकारले सहज रुपमा यो बीउ पाउन सक्ने व्यवस्था गरिदिए वर्षौँदेखिको परनिर्भरता अन्त्य हुने अर्का किसान बिजय पण्डितको भनाइ छ ।  यो वर्ष मनसुन चाडै भित्रिएपछि यहाँ किसानले पनि चाडै ब्याड राख्न थालेका छन । विगतमा यहाँका किसानले जेठ १५ गते देखि धानको ब्याड राख्न शुरु गर्ने गरेका थिए । पर्सामा चैते धान ३ हजार ५०० हेक्टर, भदैया ८ हजार ५५० हेक्टर र अगहनी ३५ हजार हेक्टर गरी कुल ४७ हजार ५० हेक्टरमा क्षेत्रफलमा धान खेती हुँदै आएको छ । सरकारले स्वर्णासव-१, बहुगुणी-२, सोना मन्सुली-१, हर्दिनाथ-१ र साबित्री जातको धानको बीउमात्र विक्री गर्ने व्यवस्था मिलाएको छ ।  सोना मन्सुली धानको बीउको अभाव भएपछि सिमा क्षेत्रका ग्रामीण किसान भारतबाट सो धानको बीउ किनेर ल्याउँदा गुणस्तरहीन हुने, उत्पादन क्षमता कम हुने र ठाउँ ठाउँमा प्रहरीले दुःख दिने गरेको गुनासो गर्दै छिपहरमाई गाउँपालिका-५ भिस्वाका किसान हरिओम साहले भने, ‘सरकारले किसानलाई आवश्यक पर्ने बीउबिजन स्थानीय तहमा उपलब्ध गराउन नसक्दा बीउको लागि भारतीय बजारमा भरपर्नु पर्ने बाध्यता रहेको छ ।  प्रदेश नं २ सरकार र स्थानीय तहले कृषि क्षेत्रको विकासका लागि वार्षिक करोडौं रुपैयाँको बजेट विनियोजन गरेपनि किसानलाई चाहिने धानको बीउ उपलब्ध गराउन नसक्दा पर्साका किसान भारतीय बीउमा परनिर्भर हुँदै गएपछि उत्पादनमा समेत असर पर्न थालेको किसान बताउँछन् । रासस

प्रदेश नं २ मा सत्ता सङ्घर्ष : काँग्रेस र नेकपा माओवादी केन्द्रसँग जसपाको सहमति

धनुषा । प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव समूह), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ । केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारुढ दल जसपाभित्र विवाद चर्किएपछि उपेन्द्र यादव पक्षबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले महन्थ ठाकुर पक्षका चारजना मन्त्री बर्खास्त गरेपछि कांग्रेस […]

बारा–पर्साका उद्योगका कामदार र सञ्चालकलाई कोरोनाको खोप दिन माग

जेठ २५, वीरगञ्ज  । बारा–पर्साका औद्योगिक प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र उद्योगीहरूका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले १ लाख मात्रा खोप माग गरेको छ । संघले मंगलवार स्थास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखी यस्तो माग गरेको हो । बारा र पर्सामा साना, मझौला र ठूला गरी भण्डै १ हजार उद्योग प्रतिष्ठान रहेको र करीब १ लाख २५ जार कर्मचारी, कामदारका लागि खोप अत्यावश्यक रहेको संघका अध्यक्ष सुवोधकुमार गुप्ताले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।  अत्यावश्यकीय बस्तुको उत्पादन र आपूर्तिमा अग्रपंक्तिमा रहेर काम गर्ने उद्योगी र उद्योग प्रतिष्ठानका कामदार कर्मचारीलाई खोपमा प्राथमिकता नदिइएकोमा अध्यक्ष गुप्ताले असन्तुष्टि व्यक्त गरेका छन् । पटक-पटक खोप अभियान सञ्चालन गर्दासमेत उद्योग व्यापार क्षेत्रलाई प्राथमिकतामा नराखिएकोमा संघले असन्तुष्टि व्यक्त गरेको छ । ‘कोरोनोको पहिलो र दोस्रो लहरको त्रासपूर्ण वातावरणमा नियमित रुपमा काम गरेका कर्मचारी, कामदार, उद्योगी, व्यवासयी हालसम्म खोपबाट बञ्चित छन्,’ गुप्ताले भने, ‘महामारीमा अत्यावश्यकीय उत्पादन आपूर्तिमा खटिने कामदार कर्मचारी र उद्योगीलाई बेवास्ता गरिनु दुःखद तथ्य हो ।’ सीमावर्ती क्षेत्रमा रहनु र सबैभन्दा ठूलो औद्योगिक र व्यापारिक केन्द्र हुनुका कारण बारा–पर्सा क्षेत्रमा कोरोनाको असर बढी परेको संघका उपाध्यक्ष माधव राजपालले बताए ।  ‘वीरगञ्ज र यस क्षेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र उद्यमीलाई कोरोनाको तेस्रो लहर आउनुअघि नै खोप लगाउनु जरुरी छ,’ उपाध्यक्ष राजपालको आग्रह छ ।  उद्योग, व्यापार, व्यवसाय क्षेत्रमा काम गर्नेलाईअग्रपंक्तिमा रहेर काम गर्नेसरह प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने संघका अर्का उपाध्यक्ष हरि गौतमको भनाइ छ ।  समयमै खोप उपलब्ध नहुँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग, व्यवसाय बन्द गर्नुपर्ने अवस्था आइपरेमा त्यसबाट आपूर्ति व्यवस्थापन खल्बलिनेतर्फ संघले सरकारको ध्यानाकर्षण गराएको छ ।  संघले प्रदेश नं २ सरकार, वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा र नेपाल उद्योग वाणिज्य महासंघलाई पनि खोप उलब्ध गराउने कार्यमा पहल गरिदिन आग्रह गरेको छ ।

नेकपा नेता झलनाथ खनालको नाममा ७२ करोड खर्च गरेर विषालु सर्प पालिँदै

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले प्रतिष्ठानले ७२ करोड अनुदान उपलब्ध गराउने भएको छ ।

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

प्रदेश नं २ सरकार र युके एड ‘सीप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लू एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र संचालनमा ल्याएको छ । बुधबार एक विशेष कार्यक्रमबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक आवासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रूपमा जेसीबी अपरेटर तालिम केन्द्रको उद्घाटन गरे ।

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

जनकपुरधाम । प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

१५ माघ, जनकपुरधाम ।  प्रदेश नं २ सरकार र युके एड 'सिप कार्यक्रम'को सहकार्यमा 'एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट'ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र संचालनमा ल्याएको छ । बुधबार एक विशेष कार्यक्रमबीच प्रदेश नं २ …