मन्त्रिपरिषद् विस्तारका विषयमा बहस जारी

प्रदेश नं २  सरकार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा अधिवक्ता राजकुमार महासेठले असार १० गते पेश गरेको रिट निवेदनमाथि बहस आज पनि जारी रहेको छ  । बुधवार निवेदकका तर्फबाट आवेदक महासेठसहित आठ  कानून व्यवसायीले बहस गरेकामा आज विपक्षीका तर्फबाट बहस भएको छ । रिट निवेदनम प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकूदमन्त्री वीरेन्द्रकुमार...

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ : अध्यक्ष दाहाल

भदौ ३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘२१ औं शताब्दीको मार्क्सवाद  र समाजवाद’ विषयक अन्तरक्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा बुधवारबाट नयाँ परिस्थिति बनेको बताए ।  उनले अहिले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य लोकतन्त्र र संविधानको रक्षाका लागि भएको पनि बताए । अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले मार्क्सवाद बारे तीन थरी दृष्टिकोण देखिएको भन्दै पहिलोले मार्क्सवादको यान्त्रिकिकरण गरेर सोच्ने जडसुत्रवादी प्रवृत्ति, दोस्रोले मार्क्सवाद लाई त्याग्न खोज्ने वर्ग सङ्घर्ष होइन वर्गसमन्वयकोे प्रवृत्ति र तेस्रो चलायमान देखिएको मध्यपन्थी प्रवृित्त रहेको टिप्पणी गरे ।            अबको माक्र्सवादबारे रचनात्मक,  सृजनानात्मक ढङ्गले विचार, विमर्श गरेर नयाँ विश्लेषण निकाल्न आवश्यक रहेकोमा अध्यक्ष प्रचण्डले जोड दिए ।            कार्यक्रममा सङ्घीय समाजजादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पुँजीवाद दिगो हुुनसक्दैन भन्नेमा विश्वमै आम सहमति बनिसकेको बताउँदै तर विकल्प कस्तो समाजवाद भन्ने बहस जारी रहेको बताए। रासस