श्रीलंकामा संकटकाल घोषणा, राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर माल्दिभ्स भागे

एजेन्सी । आर्थिक संकट झेलिरहेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर माल्दिभ्स भागेका छन् । राजापाक्षेले देश छोडेपछि जनता थप आक्रोशित भएको मिडिया रिपोर्टमा उल्लेख छ । राजधानी कोलम्बोको सडकमा प्रदर्शनकारीहरू चर्को रूपमा दंगा गरिरहेको बताइएको छ ।

सम्बन्धित सामग्री

श्रीलंकाबाट राजापाक्षे भागेपछि तारोमा प्रधानमन्त्री विक्रमासिंघे

एजेन्सी, २९ असार । राजीनामापत्रका हस्ताक्षर गरी रातारात श्रीलंकाबाट गोटाबाया राजापाक्षे भागेपनि स्थिति सामान्य भएको छैन । अन्तरिम राष्ट्रपति बनेका प्रधानमन्त्री रनिल विक्रमासिंघे तारोमा परेका छन् । विक्रमासिंघेले संकटकाल घोषणा गरेपनि प्रदर्शन कम भएको छैन । स्थिति नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारी गत शनिबार राष्ट्रपति भवनभित्र छिरेकोमा आज प्रधानमन्त्री कार्यालयमा छिरेका छन् । श्रीलंकाली जनताको […]

श्रीलंकामा प्रदर्शनकारीले संसद र प्रधानमन्त्री निवासमा आक्रमण गरे

एजेन्सी, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर माल्दिभ्स भागेका छन् । राजापाक्षेले देश छाडेपछि श्रीलंकाली जनताको आक्रोश बढेको छ । राजधानी कोलम्बोको सडकमा प्रदर्शनकारीहरू चर्को रूपमा दंगा गरिरहेका छन्। जनताको चर्को विरोध देखेर प्रधानमन्त्री रनिल विक्रमासिंघेले संकटकाल घोषणा गरेका छन् । संसद भवन र प्रधानमन्त्री भवनतर्फ हजारौंको संख्यामा मानिसहरु ¥याली गरिरहेका छन् […]

श्रीलंकामा प्रधानमन्त्रीले गरे संकटकाल घोषणा

श्रीलंकामा राजनीतिक अस्थिरता र अराजकताका बीच प्रधानमन्त्रीले संकटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सो जानकारी दिएका हुन् ।प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा पनि कर्फ्यू लगाइएको छ । यसैबीच राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर माल्दिभ्स गएका छन् । उनले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए ।प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि सर्वदलीय सरकारको वकालत गर्दै आफू राजीनामा दिन तयार रहेको बताएका छन् । यी सबका बीच राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू प्रदर्शन गरिरहेका छन्