मलखादको भाउ कीर्तिमानी उचाईमा, ग्यास महँगिएको भन्दै उत्पादनमा कटौति, खाद्य संकटको चेतावनी !

काठमाडौं । विश्व बजारमा मलखादको भाउ यस अघि कहिलेइ नदेखिएको कीर्तिमानी स्तरमा उक्लिएको छ । अमेरिकादेखि ब्राजिलसम्म सबैतिर मलखादको अभाव देखिन थालेको छ । विश्वको कुल मलखाद आपूर्तिमा १५ प्रतिशत हिस्सा ओगटेको रूस र बेलारुसमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउने क्रम बढेसँगै यसको प्रभाव विश्वभर मलखादको मूल्य र उपलब्धतामा पनि देखिएको छ ।  शुक्रवार ग्रिन मार्केट्स नर्थ अमेरिका फर्टिलाइजर इन्डेक्स बढेर १ हजार १४० डलरमाथि उक्लिएको छ । यो अहिलेसम्मकै उच्च बिन्दु हो । यूरियाको मूल्य २२ प्रतिशतले बढेर कीर्तिमानी स्तरमा उक्लिएको छ । पोटासको भाउले पनि नयाँ उचाई छोएको छ ।   रूस र बेलारुस विश्वको प्रमुख मलखाद निर्यातकर्ता हुन् । रूसले यही महीनाको शुरूमा घरेलु मलखाद उत्पादकहरूलाई निर्यात घटाउन अनुरोध गरेको थियो । युक्रेनमाथि हमलाको प्रतिकारमा विश्वभर रूसी उत्पादनमाथि प्रतिबन्ध लगाउने क्रम बढेको छ । यसले पनि विश्व बजारमा मलखादको भाउ चुलिएको हो । युक्रेनले शनिवार मलखाद निर्यातमा रोक लगाएको छ । यसको प्रभावका कारण आगामी दिनमा भाउ झनै बढ्ने विश्लेषण गर्न लागिएको छ ।  रूस र युक्रेनबीचको युद्धका कारण प्राकृतिक ग्यासको भाउमा भएको वृद्धिले समस्या झनै बढाइरहेको छ । यूरिया लगायत नाइट्रोजनमा आधारित मलखाद बनाउन रूस र बेलारुस बाहिरका मलखाद उत्पादकलाई प्राकृतिक ग्यास चाहिन्छ । प्राकृतिक ग्यासको भाउ बढेपछि केही यूरोपेली उत्पादकहरुले उत्पादन नै बन्द गरेका छन् । मलखाद उत्पादक कम्पनी यारा इन्टरनेशनलले यूरोपमा आफ्नो अमोनिया र यूरियाको उत्पादन क्षमता ४५ प्रतिशतलले घटाएको छ ।  के छ नेपालको अवस्था ?  कोरोना भाइरसको महामारीदेखि विश्व बजारमा मलखादको भाउ बढ्न थालेको थियो । पछिल्लो समय रूस र युक्रेनबीचको युद्धका कारण अन्तरराष्ट्रिय बजारमा भाउ बढेपछि यसको असर नेपाली बजारमा पनि देखिएको फर्टिलाइजर एशोसियशन अफ नेपालका अध्यक्ष चन्द्र कान्त डल्लाकोटीले बताएका छन् ।  नेपालले रूस र बेलारुसबाट खासै धेरै मलखाद ल्याउने गरेको छैन । तर रूस र युक्रेनबीच युद्धको प्रभाव विश्वभर देखिदै गर्दा नेपालमा पनि आपूर्तिको समस्या देखिएको हो । नेपालमा मोरक्को, कतार, कुवेत, भारत, चीन, साउदी अरब, इजिप्ट लगायत देशहरुबाट मलखाद आउने गरेको छ । चालू आर्थिक वर्षको पहिलो ७ महीनामा नेपालले कुल १ करोड १ लाख रुपैयाँ बढीको मलखाद आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २० दशमलव ३ प्रतिशत कम हो ।  अहिले कृषि सामाग्री कम्पनी लिमिटेडसँग २०० टन मात्रै यूरिया छ । भर्खरै इजिप्टबाट २० हजार ४०० टन बराबरको डीएपी आएको बताइएको छ । यसको वितरण भने शुरू भइनसकेको कृषि सामाग्री कम्पनी लिमिटेडका कायम मुकायम प्रवन्ध निर्देशक राजेन्द्र बहादुर कार्कीले बताए । रूस र युक्रेनको युद्धले मलखादको उपलब्धतामा बयान गर्नै नसक्ने प्रभाव पारेको कार्कीको भनाइ छ । रूसले हमला गर्नु अगाडि नै हिडेको पोटास केही दिनमा कलकत्ता आइपुग्ने उनले बताए । अन्य प्रभाव हालैका दिनमाविश्वभर खाद्यान्नको भाउ बढेको छ । युक्रेनी संकटका कारण गहुँदेखि चामल र खानेतेलसम्मका सबै खाद्यान्न महँगिएका छन् । पछिल्लो समय मलखादको भाउमा  भएको वृद्धिले खाद्यअभाव  झनै चुलिने चेतावनी  आइरहेको छ । युक्रेनी संकटका कारण विश्वभर खाद्यान्न र दानाको भाउ ८ प्रतिशतदेखि २० प्रतिशतसम्म बढ्ने चेतावनी एफएओले यही  शुक्रवार दिएको थियो ।   

सम्बन्धित सामग्री

मोदीले किन दिए पूर्वराजालाई चेतावनी ?

काठमाडौं, १२ फागुन। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्। शुक्रवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चेतावनी दिएका हुन्। ‘अहिले के चर्चा छ भने यसो एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ,’ उनले भने।

शीतलहरको चेतावनी

बेइजिङमा सोमबार साँझदेखि बुधबारसम्म चिसो अत्यधिक बढ्ने महानगरीय मौसम महाशाखाले चेतावनी दिएको छ । उक्त अवधिमा शीतलहर चल्ने र तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने विभागले जनाएको छ । शीतलहर (चिसो सिरेठो) चल्ने...

अमेरिकाद्वारा चीनलाई चेतावनी

एजेन्सी, १ चैत्र । रुसलाई सहयोग गरेको भन्दै अमेरिकाले चीनलाई चेतावनी दिएको छ । चीनले रुसलाई विभिन्न माध्यमले सहयोग गरेको भन्दै अमेरिकाले चेतावनी दिएको हो । सोमबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पिसाकीले चीनले रुसलाई विभिन्न प्रकारको सहयोग दिइरहेको भन्दै गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका हुन् । उनले आफ्ना मित्रशक्तिसँग मिलेर प्रतिवद्ध भई पछिल्लो […]

मेलम्ची आयोजना बन्द गराउने चेतावनी

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने चेतावनी दिएको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत एक गतेसम्म पूरा गराउन चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक उपे

काम नभए ठेक्का तोड्ने चेतावनी

पटकपटक म्याद थप गर्दा समेत काम नभएपछि प्राधिकरणले आपत्ति जनाउँदै म्याद नथप्ने चेतावनी दिएको हो। पछिल्लो तोकिएको समयमा काम नभए कारबाहीमा जानुपर्ने चेतावनी प्राधिकरणको छ।...

सभामुखलाई एमालेको चेतावनी

नेकपा एमाले लुम्बिनी संसदीय दलले सभामुखलाई आफ्नो मर्यादाभित्रै बस्न चेतावनी दिएको छ। एमालेले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख पद अनुकुलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम नगरेको ठहर गर्दै मर्यादामा नबसेमा पदमा नबस्न चेतावनी दिएको हो।

ओलीको देउवालाई चेतावनी

काठमाडौं, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टी फुटाउन खोजेको भन्दै कडा चेतावनी दिएका छन् । उनले आज नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकमा बोल्दै देउवालाई ठूलो मूल्य चुकाउन तयार हुन चेतावनी दिए । नेकपा एमाले टुक्राउने चाँजोपाँजो भएको छ, ओलीले चेतावनी दिदै देउवातर्फ संकेत गर्दै भने, ‘एमाले […]

प्रधानमन्त्रीले दिए कोरोनाको तेस्रो लहरको चेतावनी !

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । कोरोना नियन्त्रणका लागि खोप नै मुख्य अस्त्र भएको उल्लेख गर्दै देउवाले यस्तो चेतावनी दिएका हुन् ।