दुर्घटनामा जीप चालकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । 

सम्बन्धित सामग्री

दुर्घटनामा घाइते चालकको मृत्यु

खोटाङमा सोमबार विहान सवारी दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो।...

दुर्घटनामा अटो चालकको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज अटो चालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।...

ट्यक्टरबाट खस्दा चालकको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका–३, प्रणामी टोलमा गुडिरहेको ट्याक्टरबाट खस्दा चालकको मृत्यु भएको छ ।