ओखलढुंगामा धानको उत्पादन बढ्यो

ओखलढुंगा । ओखलढुंगामा बिगत वर्षमा भन्दा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ । यस वर्ष विगत वर्षभन्दा ४ सय ४० मेट्रिक टन बढी धान उत्पादन भएको छ । यसवर्ष समयमै पानी परेपछि जिल्लामा धान उत्पादन बढेको हो । यस वर्ष १३ हजार २ सय ५३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले […]

सम्बन्धित सामग्री

धान फल्ने जमिन घट्यो, उत्पादन बढ्यो

चालु आवमा धानको उत्पादन ४.३३ प्रतिशतले बढ्दा धान उत्पादन हुने जमिन भने गत वर्षको तुलनामा ८ हजार ८ सय हेक्टर कम भएको छ ।

धानको उत्पादन बढ्यो

काठमाडौं । देशभर यो वर्ष धान उत्पादन करिब ६ दशमलव ९ प्रतिशतले बढेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८४७ टन बढी धान उत्पादन भएको हो । गत वर्ष कुल ५१ लाख ३० हजार ६२५ टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ […]

सल्यानमा बढ्यो धानको उत्पादन

सल्यान : सल्यानमा यस वर्ष धानको उत्पादन बढेको छ। गत वर्ष बेमौसमी पानी पर्दा पाकेको धान कुहिएर उत्पादन घटेकोमा यस वर्ष भने बढेको छ।चालू आव ०७९/८० मा ७ हजार ६६ हेक्टरमा धान खेती गरिएको थियो। यसबाट ३० हजार ५६३ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।गत वर्षभन्दा खेतीको क्षेत्रफल घटे पनि उत्पादन भने बढेको कृषि विकास कार्यालयका लोकबहादुर रानाले जानकारी दिए। उनका अनुसार गत वर्षभन्दा यस वर्ष २ हजार ६८५ मेट्रिक टन धान बढी उत्पादन भएको छ।ग

देखापढी विजिनेश न्यूज

काठमाडौं।त्रिशूली जलविद्युत्को आईपीओ पाएर पनि पैसा नतिर्नेको सेयर जफत हुने भएको छ। ब्लक कार्यक्रम र बैकल्पिक मलखादले चितवनमा वर्षे धानको उत्पादन बढ्यो। स्वदेशी उत्पादनको सिजन सुरु भएसँगै किबीको मूल्य घटेर प्रतिकेजी २५० रुपैयाँ पुग्यो। बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउन नेपाल अडिटर्स एशोसियनको माग गरेको छ।नेपाली स्टार्टअपलाई विश्वस्तरमा पुर्‍याउनका लागि सहयोग गर्न नेपालमा माइक्रोसफ्टको फाउन्डर्स हब सुरु भएको छ।

चितवनमा बढ्यो धान उत्पादन

१८ मङ्सिर, चितवन । जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो । यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका […]

पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो

नवलपरासी – पूर्वी नवलपरासीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा डेढ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीले जनाएको छ । पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको एवं समयमै रोपाइँ भएकाले उत्पादन बढेको कार्यालयका सूचना अधिकृत एवं बागवानी अधिकृत शङ्कर पौडेलले बताए। गत वर्ष १८ हजार आठ सय […]

नवलपुरमा चैते धानको उत्पादन बढ्यो, बिक्री गर्न बजारको समस्या

नवलपुर । नवलपुरमा यसवर्ष चैते धानको राम्रो उत्पादन भएको छ । यतिबेला किसानलाई धान स्याहार्ने चटारो छ । तर उत्पादित धान बिक्री गर्न भने बजारको समस्या भएकाले उनीहरू चिन्तित भएका छन् । नवलपुरका किसानलाई यतिबेला चैते धान स्याहार्ने चटारो छ । नवलपुरमा यसवर्ष चैते धानको राम्रो उत्पादन भएको छ । तर धान स्याहार्ने बेलामा दिनहुँ […]

नवलपुरमा धानको उत्पादन बढ्यो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले बताएको छ ।      कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जिल्लामा गत वर्षभन्दा यस वर्ष धानखेती भएको क्षेत्रफल ९० हेक्टरले घटेको भए पनि उत्पादनमा एक हजार ३७४ मेट्रिक टनले वृद्धि भएको जानकारी दिए । लामिछानेका अनुसार यस वर्ष जिल्लामा २० हजार ५८० हेक्टर क्षेत्रफलमा लगाएको धान खेतीबाट ८२ हजार ९४४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष २० हजार ६७० हेक्टर क्षेत्रफलमा लगाएको धानखेतीबाट ८१ हजार ५७० मेट्रिक टन उत्पादन भएको थियो । ‘नवलपुरमा गतवर्षको तुलनामा यस वर्ष धान खेती भएको क्षेत्रफल घटेको छ । तर, उत्पादकत्व भने बढेको देखियो छ,’ उनले भने, ‘धान लगाउने बेलामा समयमै पानी पर्नु, प्रांगारिक मलको प्रवद्र्धन, माटोको गुणमा सुधार आउनुलगायत कारण यस वर्ष जिल्लामा धानको उत्पादन बढेको हो ।’ जिल्लाको धानखेती गरिएको कुल क्षेत्रफलमध्ये ५५ प्रतिशतमा सिँचाइ सुविधा उपलब्ध भएको उनले जानकारी दिए । जिल्लामा कुलो, बोरिङ, ट्युबेललगायतबाट धानखेतीमा सिँचाइ हुने गरेको उनले बताए । जिल्लामा बढेको प्लटिङ, तरकारी खेतीतर्फ किसानको आकर्षणजस्ता कारणले धानखेतीको क्षेत्रफलमा कमी आएको प्रमुख लामिछानेले बताए । ‘यहाँका किसान पछिल्लो समय व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्,’ उनले भने, ‘त्यस्तै बढ्दो सहरीकरणसँगै बजार क्षेत्रका खेतीयोग्य जमिनमा प्लटिङ हुन थालेपछि पनि धान लगाउने क्षेत्रफल घटेको हो ।’ मुख्यगरी जिल्लाको दक्षिणी भागमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले बताएको छ । जिल्लामा सावित्री, सावा मन्सुलीसहित वर्णसंकर जातका धान उत्पादन हुने गरेको छ । नवलपुरकोको कुल खेतीयोग्य जमिन ४९ हजार ७४७ हेक्टर रहेको छ । यसमध्ये करिब ३१ प्रतिशत जमिनमा मात्रै धानखेती हुँदै आएको प्रमुख लामिछानेले बताए । ‘खेतीयोग्य जमिन धेरै भए पनि सबैमा धानखेती हुन सकेको छैन,’ उनले भने, ‘धानबाहेक यहाँ मकै, व्यावसायिक तरकारी, कोदो, केरालगायत खेती हुने गरेको छ ।’ जिल्लामा धान खेती विस्तारका लागि ज्ञान केन्द्रले स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएको प्रमुख लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले धानखेती गर्ने किसानका लागि अनुदानमा बीउ, मल, सिँचाइलगायत सुविधा प्रदान गर्दै आएको छ । रासस

धानको उत्पादन बढ्यो

बर्दियामा यस वर्ष धान उत्पादन बढेको छ । समयमै वर्षा र मलको व्यवस्थापनलगायत रोग नलागेपछि धानको उत्पादन बढेको हो। यसवर्ष