सल्यान : सल्यानमा यस वर्ष धानको उत्पादन बढेको छ। गत वर्ष बेमौसमी पानी पर्दा पाकेको धान कुहिएर उत्पादन घटेकोमा यस वर्ष भने बढेको छ।चालू आव ०७९/८० मा ७ हजार ६६ हेक्टरमा धान खेती गरिएको थियो। यसबाट ३० हजार ५६३ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।गत वर्षभन्दा खेतीको क्षेत्रफल घटे पनि उत्पादन भने बढेको कृषि विकास कार्यालयका लोकबहादुर रानाले जानकारी दिए। उनका अनुसार गत वर्षभन्दा यस वर्ष २ हजार ६८५ मेट्रिक टन धान बढी उत्पादन भएको छ।ग