राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले नवविर्चाचित उपसभामुखमा पुष्पा भुसाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा सभामुख सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो । प्रतिनिधिसभाको शुक्रबार …