काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच स्थानीय तह चुनावमा मिलेर जाने सहमति भइसकेको दाबी गर्नुभएको छ ।
आज बुधवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरूबीच मिलेर जाने सहमति भएको बताउनुभएको हो । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि पारस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको चुनावमा परिचालित हुन सिङ्गो पार्टी पङ्क्तिलाई उहाँले आह्वानसमेत गर्नुभ...