१४ भदौ, जनकपुरधाम। सिरहाको नेपाल-भारत सीमा क्षेत्र माडरदेखि सिरहा बजार, मिर्चैया हुँदै चोहर्वामा पूर्वपश्चिम राजमार्ग जोड्ने सडक विस्तार गर्न लागेपछि सिरहा नगरपालिका-१७ खयरटोकाकी पलासदेवीले राम्रोसँग निदाउन पाएकी छैनन् । उनलाई आफू र छोराहरुको परिवार बसेको घर कतिबेला भत्काइदिने हो भन्ने चिन्ताले सताएको छ । सडक विस्तार गरेर ७२ फिट बनाउने भएपछि पलासदेवीका श्रीमान गोपीले किनेको […]