वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

पूर्वी नवलपरासी कावासोतीका माझी, मुसहर र बोटे समुदायका मानिस वैकल्पिक पेसातर्फ उन्मुख हुन् थालेका छन्। सन्तबहादुर माझीले माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेर मात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्न थालेको बताउनुभयो। अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारीमा र कतिपय सिकर्मी डकर्मी पेसातर्फ उन्मुख भएका छन्। कावासोती–७ साँढको मुसहर बस्तीका १८ घर मुसहर परिवार माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेको छ। नदीमा माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायलाई वैकल्पिक पेसातर्फ उन्मुख गराउन सामाजिक संस्थाको उल्लेखनीय भूमिका रहेको छ।

सम्बन्धित सामग्री

‘मुसहर समुदाय स्वास्थ्य सेवाबाट बन्चित’

वीरगन्ज महानगरपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका मुसहर समुदाय स्वास्थ्य सेवाबाट बन्चित रहेको एक अध्ययनले बताएको छ । बुधबार सम्पन्न मानव केन्द्रीत ढाँचा तथा द्रुत लेखाजोखा सम्बन्धी सहश्रृजना कार्यशालाको समापन समारोहमा सार्वजनिक गरिएको तथ्यांकले यस्तो देखाएको हो ।

वैकल्पिक पेसा रोज्दै मध्‍यविन्दु नवलपरासीका मुसहर समुदाय

२८ असोज, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरुले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् । केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने […]

आयआर्जन गर्दै मुसहर समुदाय

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–७ चिताइनका २६ मुसहर घरपरिवारलाई चौपाया वितरण गरिएको छ । पशुपालनमार्फत आयआर्जन गरेर जीविकोपार्जन गर्ने उद्देश्यले साप नेपाल नामक गैरसरकारी संस्थाले २६ घरपरिवारमध्ये १० परिवारलाई पाडी र १६ परिवारलाई बाख्रा, पाठीका साथै मौसमी तरकारी फर्सी, लौका, काक्रों, बोडी, करेला, घिरौला, भिन्डीको बीउ वितरण गरिएको जनाएको छ । संस्थाले समूहलाई कुल २ […] The post आयआर्जन गर्दै मुसहर समुदाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुसहर समुदाय समस्यामा

काठमाडौँ,७ पुष । पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासाका वीरेन्द्र सदाको परिवार समस्यामा परेको छ । उनीहरु बसिरहेको ऐलानी जग्गा आफ्नो भन्दै स्थानीय हुकेश्वर साहले जग्गा खाली गर्न आग्रह गरेसँगै न्यायिक समितिमा उजुरी दिएपछि सदाको परिवार चिन्तामा डुबेको हो । “वर्षाँैदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौँ”, सदाले […]

पक्की घर पाउने आसमा कच्ची घर भत्काएका दलित समुदाय वर्षाले बिचल्लीमा

मधेस प्रदेश सरकारले जनता आवास र महेन्द्र नारायण निधि आवास योजना अन्तर्गत दलित अति विपन्न समुदायका लागि पक्की घर निर्माण गर्ने योजना ल्याए पनि समयमै काम नहुँदा धनुषाका डुम र मुसहर समुदाय बर्खामा बिचल्लीमा परेका छन् ।सानो फुसको छाप्रोमा बस्दै आएका ती समुदाय पक्की घरमा बस्न पाउने भएपछि खुसी भएका थिए । करिब एक वर्षअघि उनीहरूको छाप्रो भत्काएर मधेस प्रदेश सरकारको योजना अन्तर्गत तीन कोठे पक्की घर बनाउन थालियो ।केही महिनामै नयाँ घर दिने आस्वासन पाएका उनीहरुले बर्खा लागिसक्दा पनि घर पाउन सकेका छैनन् । अस

धनीपुर्जा पाएपछि मुसहर समुदाय हर्षित

दुधौली नगरपालिका–६, ७ र ९ का १०६ घर दलित मुसहर परिवारलाई आयोगले देशमै पहिलो पटक जग्गा धनीपुर्जा वितरण गरेको छ। भूमिहीन मुसहर समुदायले वर्षौंदेखि उपभोग गर्दै आएको जग्गा उनीहरूकै नाममा नेपाल सरकारले पुर्जा उपलब्ध गराएको हो। मुसहरलाई अधिकतम पाँच कट्ठासम्म जग...

जग्गाधनी पुर्जा पाएपछि मुसहर समुदाय हर्षित

दुधौली नगरपालिकाकी पनिया मुसहर पहिलोपटक आफ्नो नाममा जग्गा पाउँदा दङ्ग परिन्। श्रीमान बनुवा मुसहर र उनको संयुक्त नाममा जग्गाधनी पुर्जा सरकारले जारी गरी हातमा थमाइदिँदा खुसीको सीमा रहेन उनमा।...

पुस्तौँदेखि हरुवा–चरुवा पेशा अङ्गाल्दै मुसहर समुदाय

सर्लाहीको हरिपुर नगरपालिका –९, पिडारीमा बसोवास गर्ने मुसहर समुदाय पुस्तौँदेखि हरुवा–चरुवाको काम गर्न बाध्य भएका छन् । मधेस प्रदेशमा पर्ने सर्लाहीसहित अन्य जिल्लामा अहिले पनि जमिन्दारको घरमा हरुवा–चरुवा राख्ने प्रचलन कायमै छ ।

आफ्ना लागि बनाइदिएको बस्तीमा बस्न मानेनन् मुसहर समुदाय

तस्बिरमा देखिएको संरचना इटहरी उपमहानगरले वटा नम्बर १६ मा तयार गरेको मुसहर समुदायको बस्ती हो । यो बस्तीमा खानेपानी, ट्वाइलेट, चिल्ड्रेन पार्क, सामुदायिक भवन र दिनाभद्रिको मन्दिरसमेत निर्माण गरिएको छ । करिब एक करोड २३ लाख खर्च गरेर यी १५ वटा संरचना तयार गरेको हो । बहुवर्षीय सडक अन्तर्गत सडक आसपास छाप्रो हालेर बसेका इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न स्थानीय सरकारले यो बस्ती निर्माण गरेको हो । नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमको ९० प्रतिशत र इटहरी उपमहानगरको १० प्रतिशत

महोत्तरीका मुसहर समुदाय अझै कोरोना खोपबाट वञ्चित

महोत्तरीका मुसहर समुदायले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले कोरोना रोकथामका लागि खोप अभियान तीव्र बनाए पनि पर्याप्त प्रचारप्रसारको कमीले  मुसहर समुदाय खोप लगाउनबाट वञ्चित भएका हुन् ।‘खोप अभियान कहाँ चलाइएको छ भन्नेसम्मको जानकारी नहुँदा हाम्रो समुदाय खोप लगाउनबाट वञ्चित बनिरहेको छ’ सुनिल सदाले भने । अनुकूल भएसम्म बस्तीमै पुगेर खोप अभियान चलाइदिन पनि मुसहर समुदायको अपिल छ । जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको बर्दिबासस्थित नमुना बस्तीमा बसोबास गर्ने मुसहरहरूले अह