नेपालगञ्ज र सो आसपासका क्षेत्रमा तातो हावा लू चल्ने क्रम बढ्दै गएको छ । तातो हावा चल्ने क्रम नरोकिएपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न पालिकाले विद्यालय बिदा लम्ब्याएका छन् ।
पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण सोमबारदेखि छ दिन विद्यालय बिदा दिने सूचना गरेको हो ।
अत्यधिक गर्मी बढ्न थालेपछि सिन्धुपाल्चोकका विद्यालयहरूमा बिदा दिन थालिएको छ । सदरमुकाम चौतारास्थित श्री कृष्ण रत्न गङ्गा माध्यमिक विद्यालयले सोमबारदेखि जेठ ३२ गतेसम्मका लागि बिदा दिएको छ ।
कैलाली । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले विद्यालय बिदा दिएको छ । उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले जारी गरेको […]
अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीका चार वटा स्थानीय तहले विद्यालय बिदा गरेका छन् । जिल्लाको सदरमुकाम रामग्राम, बर्दघाट नगरपालिका, सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बिदा दिएका हुन् ।
१६ जेठ, विराटनगर । इटहरी उपमहानगरपालिकाले गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिएको छ । नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार १७ र १८ जेठमा विद्यालय बन्द हुनेछ ।
केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु …
कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाले एउटै विषयमा फरक-फरक दुई विज्ञप्ति जारी गरेको छ । अत्याधिक गर्मी बढेपछि विद्यालय बिदा दिन भन्दै विज्ञप्ति जारी गरेको गाउँपालिकाले त्यसलगत्तै फेरि बिदा नदिन भन्दै विज्ञप्ति जारी गरेको छ । आजै जारी गरिएको पहिलो विज्ञप्तिमा आइतबारदेखि ५ दिनसम्म गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय बिदा गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ । […]
२ साउन, बुटवल । गर्मी अत्यधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन विद्यालय बिदा गर्न निर्देशन दिएको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले गर्मी विदा दिएको हो । वर्षे विदाबाट कट्टी गर्ने गरी साउन ३ गतेदेखि ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक […]