नबिल बैंकको ‘नबिल डिबेन्चर २०८५’ निष्काशन, १२ लाख कित्ता सर्वसाधारणलाई

काठमाडौं । नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेन्चर) निष्काशन गरेको छ ।‘८% नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएको  हो । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ । नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक

सम्बन्धित सामग्री

नबिल डिबेन्चर निष्कासनको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ

नबिल बैंक लिमिटेडले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

नबिल बैंकले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्दै

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । जसका लागि बैंकले निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनी …

मङ्सिर २९ गतेदेखि ९ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले मङ्सिर २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने जानकारी बैंकले दिएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । छिटोमा पुस ३ गतेसम्म विक्री अवधि तय गरिएको यो ऋणपत्र खरीदका लागि तोकिएको अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस १३ गतेसम्म विक्री लम्बिनेछ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले समयमै वित्तीय दायित्व वहन गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक

नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने भएको छ । बैंकले ‘नबिल डिबेन्चर २०८७’ निष्कासन

नबिल बैंकले ३ अर्बको ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने

नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ। गर्ने भएको छ। डिबेन्चर निष्कासनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइ राष्ट्र बैंकबाट ...

नबिल बैंक बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ नियुक्त

पुस २, काठमाडौं । नबिल बैंक लिमिटेडले डिबेञ्चर (ऋणपत्र) रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले निष्कासन गरिसकेको ८ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हो ।    कम्पनीले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र गत साउन १० गतेदेखि २४ गतेसम्म विक्री गरेको थियो । डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’  ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।

नबिल डिबेन्चर २०८५ सूचीकरणको सम्झौता

नबिल बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बीच नबिल डिबेन्चर २०८५ को २२ लाख ७ हजार १०८ कित्ताथान ऋणपत्रको सूचीकरण सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् । बैंकले यो डिबेन्चरमा वार्षिक ८ प्रतिशत ब्याज दिनेछ ।

‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ को सूचीकरणको लागि सम्झौता

काठमाडौँ – नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ को क्रम संख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्ता मूल्य रु १,००० कायम भएको कुल २२ लाख ७ हजार १०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेका […]

नबिल डिबेन्चर २०८५ सूचीकरणको सम्झौता

काठमाडौं । नबिल बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बीच नबिल डिबेन्चर २०८५ को २२ लाख ७ हजार १०८ कित्ताथान ऋणपत्रको सूचीकरण सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् । बैंकले यो डिबेन्चरमा वार्षिक...

८ प्रतिशत नबिल डिबेन्चर, २०८५ सूचीकरण सम्झौता

नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच ८ प्रतिशत नबिल डिबेन्चर २०८५ को क्रमसंख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्तामूल्य एक हजार रुपैयाँ कायम भएको कुल २२,०७,१०८ कित्ताथान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले हस्ताक्षर गरेका छन् । बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लाग