नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच ८ प्रतिशत नबिल डिबेन्चर २०८५ को क्रमसंख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्तामूल्य एक हजार रुपैयाँ कायम भएको कुल २२,०७,१०८ कित्ताथान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले हस्ताक्षर गरेका छन् । बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लाग