सो नगरपालिका–१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप देखापरेको छ । फड्के किराले पात र डाँठको रस चुसेर खाँदा धानका बोट पाक्न नपाई मर्न थालेका छन् ।
दाङ– धानमा फड्के किराको प्रकोप देखिन थालेको छ । प्रकोप देखिएसँगै कृषकहरू चिन्तित भएका छन् । धान पसाउने समयमा खेतभरिको धान पहेंलो भएर कुहिएपछि राप्ती गाउँपालिका–५ का किसान मदन पोख्रेललाई छट्पटी छुटेको छ । वर्ष भरि खान पुग्ने धान खेतमै कुहिएपछि उनको परिवार समस्यामा परेको छ । ‘४० वर्षदेखि खेती हुँदै आएको खेतमा पहिलो पटक […]
धनगढी- कैलालीमा यस वर्ष आँपको राम्रै फल लाग्ने आंकलन गरिए पनि फूलमै रोग देखिएका कारण त्यो आंकलन गलत हुन सक्ने देखिएको छ । व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँपको फलमा फड्के किराको प्रकोप लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाकेर […]
मल बीउ अभाव, फड्के किराको प्रकोप, सिँचाइ अभाव लगायतका समस्याकाबीच पाल्पामा यस वर्ष धान उत्पादन दुई प्रतिशतले बढेको छ । धान लगाउने जग्गाको क्षेत्रफल बढेको छ । रैथाने जातका धान लगाउन छाडेर उन्नत तथा हाइब्रिड जातका धान लगाउने क्रम बढेकाले पनि धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सुरुमा डुम्रेधारापानीको बेँसी क्षेत्रमा पर्ने कटहरेमा पसाउने बेलाका धान बाली पहेँलो हुँदै जाने र मर्ने समस्या देखिएको जानकारी आएपछि कृषि प्राविधिक पठाएर समस्याको कारण फड्के किरा भएको पहिचान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए।
कञ्चनपुर : खैरो फड्के किराले कञ्चनपुरका धानबालीमा क्षति पुर्याएको छ। भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका धानबालीमा खैरो फड्के किराले नोक्सानी पुर्याएको हो।
भीमदत्त नगरपालिका–१८ र कृष्णपुर नगरपालिका–३ मा खैरो फड्के किराको प्रकोप बढी देखिएको छ। भीमदत्त–१८ गोवरैयाका किसान करुणाकर भट्टका अनुसार...