‘३२ सिटमा दाबी स्वाभाविक, सम्मानजनक नभए गठबन्धनबाट बाहिरिन्छौँ’

आमचुनाव नजिकिएसँगै रणनीति बनाउन राजनीतिक दल सक्रिय छन्। चुनावी माहोल बनाउन मात्रै नभएर सत्ता गठबन्धनका लागिसिट बाँडफाँडको विषय पनि झन् झन् पेचिलो बनिरहेको छ।  कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गठबन्धनबाट जान सिट बाँडफाँडको गृहकार्यमा जुटिरहेका छन्। तर, सिट मिलाउन सकिरहेका छैनन्। गठबन्धनको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन बुझाएपछि पनि शीर्ष तहको नेताहरू निरन्तर गृहकार्यम

सम्बन्धित सामग्री

सम्मानजनक ‘पावर सेयरिङ’ हुन्छ, प्रधानमन्त्रीमा दाबी कायमै छ : प्रचण्ड

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सहभागी सबै दलको चित्त बुझ्ने गरी सम्मानजनक ‘पावर सेयरिङ’ हुने बताएका छन् । बिहीबार संसदीय दलको बैठकमा उनले राष्ट्रपतिबाट दिएको समयसीमाभित्र सहमतिमै प्रधानमन्त्री चयन...

गठबन्धन बैठक आज पनि निष्कर्षविहीन

काठमाडौं : सत्तारुढ गठबन्धन दलकाे आजकाे बैठक पनि विना निष्कर्ष सकिएको छ।आसन्न चुनावमा सिट बाँडफाँटका लागि करिब १२ घण्टा बसेको आजकाे बैठकमा कुनै ठोस निष्कर्ष निस्कन सकेन।बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिनभित्र निष्कर्ष निकालिने दाबी गरे।उनले न्यायोचित र सम्मानजनक किसिमले सिटको बाँडफाँट गरिने निष्कर्ष भएको बताए।उनका अनुसार नेपाली कांग्रेसले आगामी निर्वाचनमा ९० भन्दा तल सिट नझर्ने बताएको छ। बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसले ९० सिटमा दाबी राखेको हो। अन्य दलहरु

पहिलो पुस्ताका नेताको बहिर्गमन र नयाँ पुस्ताको दाबी स्वभाविक : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पहिलो पुस्ताका नेतालाई राजनीतिबाट सम्मानजनक बहिर्गमन गराएर पछिल्लो पुस्ताले नेतृत्वमा दाबी गर्नु स्वभाविक रहेको बताएका छन् । आगामी निर्वाचन पछि नेपाली कांग्रेस सरकारमा रहेको अवस्थामा आफूले त्यसको नेतृत्व लिनेबारे पार्टीभित्र छलफल चलाइरहेको पनि उनले बताए ।

६० प्रतिशत सिट लिएर तालमेल गर्न काँग्रेसमा दबाब

काठमाडौँ । गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरूको माग र सत्ता सहयात्री दलको दाबी अनुसार सिटको तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ […]

स्थापितको दाबी, ‘गठबन्धनले ६० हजार भोट कटाउँदैन, मैले १ लाख २० हजार मत पाउँछु’

नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितले सत्ता गठबन्धनले काठमाडौँमा ६० हजार भोट नकटाउने दाबी गरेका छन् । उनले यदि काँग्रेसले प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई उठाए उनले सम्मानजनक भोट पाउने तर, उनीबाहेक अरु अघि सारे आफ्नो ‘रिङ’मै नआउने दाबी गरेका छन् । आइतबार हेटौडा पुगेर प्रदेश सांसदबाट राजीनामा दिएर काठमार्डाँ फर्किएका स्थापितले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनले १ लाख २० हजार भोट ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । ‘काँग्रेसले कसलाई अघि सार्छ भन्नेमा भर पर्छ, सिर्जना सिंहलाई अघि सार्यो भने १ लाख २० हजार भोट ल्याएर जितिन्छ’ स्थापितले भने, ‘सिर्जनाबाहेक अरु आए भने रिङमै आउन सक्दैनन्, सिर्जना पनि प्रतिस्पर्धी त होइनन्, तर सम्मानजनक भोट पाउने उम्मेदवार हुन् ।’उनले हिसाब गरेरै गठबन्धनले काठमाडौँको मेयरमा ६० हजारभन्दा बढी भोट नल्याउने दाबी गरेका छन् । ‘गत निर्वाचनमा नेपाली काँग्रेसले ४५ हजार र माओवादीले ७  हजार भोट ल्याएका थिए, त्यसमा एकीकृत समाजवादी थपिँदा ६० हजार भन्दामाथि भोट कटाउन सक्दैनन्,’ स्थापितले थपे,  ‘त्योबेला (२०५४ सालमा) मैले ८४ हजार ६ सय भोट ल्याएको थिएँ, अहिले त भलन जनसंख्या पनि बढेको छ, मैले काम पनि गरेको छु । त्यसकारण जित चाँहि सुनिश्चित भयो ।’ काठमाडौँमा २ लाख २० हजारदेखि २ लाख ३० हजारको संख्यामा मत खस्ने अनुमान गरिएको छ । काठमाडौँमा ३ लाख मतदाता छन् ।स्थापितले सोमबार मनोनयन दर्ता गराउँदै छन् ।

एमाले महाधिवेशन: पूर्वमाओवादी पक्षले गर्‍यो कम्तीमा तीन पदाधिकारीमा आफ्नो दाबी

एमालेको जारी दसौं महाधिवेशनमा पूर्व माओवादी पक्षका नेताहरुले कम्तीमा तीन पदाधिकारीसहित केन्द्रीय सदस्यमा सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखेका छन् ।

जसपा संसदीय दलको बैठक शुरू, दलको नेता चयन गरिने

जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष)को संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने, सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाँडफाँट, संसदीय दलको नेता चयनलगायतका अजेन्डामा छलफल केन्द्रित छ ।  बैठकमा २० सांसद सहभागी भएको नेता तथा सांसद इस्तियाक राईले जानकारी दिएका छन् ।  यसअघि उपेन्द्र पक्षसँग १२ सांसद थिए । अहिले महन्थ ठाकुर पक्षका ८ सांसद पनि उपेन्द्र पक्षमा आएको राईको दाबी छ ।

नेकपा पोलिटब्युरोः पूर्वमाओवादीद्वारा ५० प्रतिशत माग

काठमाडौं । नेकपाको पोलिटब्युरोमा पूर्वमाओवादीले ५० प्रतिशत दाबी गरेको छ । कार्यदल बैठकमा सम्मानजनक एकताका लागि भन्दै पूर्वमाओवादीले बराबरी हुनुपर्ने तर्क गरेको हो । ‘पोलिटब्युरोमा ५०र५० प्रतिशत भागबन्डा हुनुपर्ने दाबी गरेका छौँ’ पूर्वमाओवादीका ...