मन्त्रिपरिषद् बैठक सकिएको छ । कोरोना महामारी फैलिँदै गएको बेला त्यसको रोकथाम र नियन्त्रणसम्बन्धी निर्णय गर्दै शनिबारको बैठक सकिएको हो ।
मन्त्रिपरिषद्का एक सदस्यका अनुसार कोरोना संक्रमितको उपचारका साथै रोग नियन्त्रणमा सबै अधिकतम स्रोत प्रयोग गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले अक्सिजनको माग पूरा गर्नेगरी लागिपर्ने, आईसीयू भेन्टिलेटरको संख्या बनाउने, अस्थायी कोभिड अस्पताल बनाउन लागिपर्ने जस्ता निर्णय पनि गरेको छ। चीनबाट ल्याउन लागिएको अक्सिजनको सिलिन्डर आएपछि बजारमा भएको अभाव पूर्ति गर्न केही सहज हुने विश्वास पनि बैठकले...