गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । विगत तीन सातादेखि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीव्ररूपमा बृद्धि भएको गण्डकी प्रदेशमा बुधबार भने मृतकको संख्या घटेको छ । प्रदेशमा हिजो (मंगलबार) पनि १९ जना संक्रमितको मृत्यु भएको थियो । गण्डकी प्रदेशका कास्कीमा ४, स्याङजा २ र लमजुङ १ जना सहित ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्म