काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलका ग्राहकले युनाइटेड अरब इमिरेट्स (युएई) बाट आउने कलमा हरेक दिन स्मार्ट फोन जित्ने मौका पाउने भएका छन् । एनसेलले सुरु गरेको यो योजना आउँदो वैशाख २८ गतेदेखि लागू हुनेछ ।
इद अवसरमा ल्याइएको योजनाअन्तर्गत युएईबाट धेरै भन्दा धेरै आगमनकलमा कुरा गर्ने ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी एट्वान्टी स्मार्ट फोन जित्न सक्नेछन् ।
युएईमा रहेका ‘डू’ मोबाइल सेवाप्रदायकको सीम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका परिवारका सदस्य, आफन्त वा साथीभाइले यो योजनाको लाभ लिन सक्ने एनसेलले बताएको छ ।
कोरोना महामारीले सिर्जना गरेको विषम परिस्थितिमा यो योजनाले एनसेलको नेटवर्कमार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सघाउ पुग्ने विश्वास कम्पनीको छ ।
योजनाअन्तर्गत युएईबाट सबैभन्दा धेरै आगमन कल प्राप्त गर्ने एक जना ग्राहकले हरेक दिन एउटा सामसुङ ग्यालेक्सी एट्वान्टी स्मार्ट फोन जित्न सक्ने । सात दिने अवधिमा सातै जना ग्राहकले स्मार्ट फोन जित्न सक्ने एनसेलले बताएको छ ।
ग्राहकले उठाएको आगमन कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्ट फोनका लागि विजयी ग्राहकको नाम घोषणा गरिनेछ ।
स्मार्ट फोन जित्ने मौकाका साथै एनसेल ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस पनिप्राप्त गर्नेछन् ।