नेपाल समाचारपत्र, काठमाडौं । नेपाल–भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघ र भारतीय दुतावासका प्रतिनिधिबीच छलफल भएको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगको वर्तमान अवस्थालाई उदृत गर्दै नेपालमा लगानी गरे राम्रो नाफा आर्जन गर्न सक्ने बताउँदै लगानी विस्तार गर्नको लागि परिसंघले आग्रह गरेको जानकारी दिनुभयो । […]