धनुषा । हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा सीमामा पर्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ । सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय पुगेर बुझाएको ज्ञापनपत्रमा पुल निर्माणको एक सुत्रीय माग राख्दै सात दिने अल्टिमेटम पनि […]