मध्यमकालीन खर्च संरचनमा लापर्बाही

कानूनले अनिवार्य गरे पनि स्थानीय तहले मध्यमकालीन खर्च संरचना तयार पार्ने गरेका छैनन् । त्यसैले संघीय मामिला मन्त्रालयले यससम्बन्धी दिग्दर्शन जारी गर्दै स्थानीय तहलाई मध्यमकालीन खर्च संरचनाविना बजेट ल्याउन छूट नदिने बताएको छ । स्थानीय तहहरूले पनि संघीय र प्रदेश सरकारले झैं खर्च संरचनालाई निरन्तरता दिन ध्यानु दिनुपर्छ । उनीहरूले आवधिक विकास योजना बनाएर काम गर्न आवश्यक छ । केन्द्र र प्रदेशमा यो अभ्यास भए पनि स्थानीय तहमा भने यसको अभ्यास भइरहेको छैन । स्थानीय तहलाई निकै अधिकारसम्पन्न बनाइए पनि जनशक्ति अभाव तथा योजना र बजेट निर्माणमा पर्याप्त अनुभव नहुँदा यस्तो भएको पाइन्छ । कतिपय स्थानीय तहमा भने दलहरू बीच कुरा नमिल्दा बजेट नै नबन्ने अवस्था अझै रहेको छ । यसबाट संघीयताको मूल मर्मअनुसार काम नहुने अवस्था आउँछ भने स्थानीय तहले सञ्चालन गर्ने दुई या तीन वर्षे योजनाले बजेट नपाउने अवस्थासमेत आउन सक्छ । मध्यमकालीन खर्च संरचना बनाउँदा चालू आवधिक योजना र वार्षिक विकास कार्यक्रमको समीक्षा हुन्छ । त्यस्तै त्रिवर्षीय खर्चको प्रक्षेपणसहितको बजेटको आकार र स्रोतको आकलन गरी बजेट सीमा निर्धारण तथा बाँडफाँट गरिन्छ । त्यसपछि विषय तथा क्षेत्रगत मध्यमकालीन खर्च संरचनाको प्रारम्भिक मस्यौदा तयार पारिन्छ र यसको अन्तिम मस्यौदा तयार भएपछि यसलाई स्वीकृति दिइन्छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७४ ले यस्तो मध्यमकालीन खर्च संरचनालाई संघ, प्रदेश र स्थानीय तहले अनिवार्य रूपमा बनाउनुपर्ने व्यवस्था गरेको छ । स्थानीय तहका लागि मध्यमकालीन खर्च संरचना दिग्दर्शन २०७७ पनि जारी भएको छ । मध्यमकालीन खर्च संरचनालाई आवधिक योजना तथा वार्षिक बजेट तथा कार्यक्रमबीच सामञ्जस्य कायम गर्ने प्रभावकारी वित्त व्यवस्थापनको प्रमुख औजार मानिन्छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मध्यमकालीन खर्च संरचना कार्यदल रहने व्यवस्था छ । कार्यदलले आवश्यक परे विषयविज्ञलाई आमन्त्रणसमेत गर्न सक्छ । यसरी स्पष्ट व्यवस्था र निर्देशन भए पनि कार्यान्वयन नहुनुमा दक्ष कर्मचारीको अभाव र स्थानीय तहको विकास योजना राम्ररी बन्न नसक्नु नै प्रमुख कारण रहेको मान्न सकिन्छ । यस्तो व्यवस्था लागू भएको प्रारम्भिक चरणमा भएकाले केन्द्रले स्थानीय तहलाई सहयोग गर्नुपर्ने हुन्छ । त्यस्तै कर्मचारीको स्थायित्व तथा उनीहरूलाई तालीम दिने व्यवस्था पनि हुनुपर्छ । स्थानीय तहमा कर्मचारी नियुक्त हुँदा दलगत प्रभाव भयो र उनीहरू त्यहाँ स्थायी रूपमा काम गर्न पाउने वातावरण भएन पनि मध्यमकालीन खर्च संरचना तयार पार्न असर पर्न सक्छ । त्रिवर्षीय योजनाका लागि स्रोतको सुनिश्चितता नहुने हुँदा आयोजनाको सुनिश्चितता पनि हुँदैन । यस्तोमा स्थानीय तहहरूले पनि संघीय र प्रदेश सरकारले झैं खर्च संरचनालाई निरन्तरता दिन ध्यानु दिनुपर्छ । उनीहरूले आवधिक विकास योजना बनाएर काम गर्न आवश्यक छ । स्थानीय तहमा केही पालिकाहरूले संघीयताको राम्रो अभ्यास गरिरहेका छन् । उनीहरूले स्थानीय तहलाई प्राप्त अधिकारको राम्रो उपयोग पनि गरिरहेका छन् । तर, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँदै गर्दा त्यहाँ कार्यरत कर्मचारीलाई नयाँ जिम्मेवारी र भूमिकाअनुसार काम गर्न सक्ने तुल्याइएको छैन । निर्वाचित जनप्रतिनिधिहरूले पनि संघीयताको मूल मर्म राम्ररी नबुझेको तथा स्थानीय तहले आवधिक योजना बनाएर मध्यमकालीन खर्च संरचनासमेत बनाउनुपर्छ भनेर नजानेको अवस्था छ । अर्को, स्थानीय तहले विकास निर्माणका लागि उपयुक्त आवधिक योजना बनाउन सकेको पनि कमै देखिन्छ । धेरैजसो कार्यक्रम हचुवाका भरमा बनेका छन् भने योजनाबद्ध कामको थालनी राम्ररी भएको छैन । स्थानीयको तत्कालीन मागलाई सम्बोधन गर्ने गरी योजनाहरू बनाइएको पनि पाइन्छ । त्यही भएर मध्यमकालीन खर्च संरचना उनीहरूलाई आवश्यक नपरेको हुन सक्छ । तर, यो स्थानीय तहको योजनाबद्ध विकासका लागि आवश्यक छ र कानूनअनुसार त अनिवार्य नै छ । यद्यपि संघले यो प्रक्रिया पूरा नगरेका स्थानीय तहलाई सचेत पार्ने लगायत काम गरेको पाइँदैन । अब स्थानीय तहले यसको महत्त्व बुझेर योजनाबद्ध विकास योजना बनाउनुका साथै मध्यमकालीन खर्च संरचना पनि बनाउन आवश्यक देखिन्छ ।

सम्बन्धित सामग्री

मध्यमकालीन खर्च संरचना अनुमानभन्दा डेढ खर्ब कम तोकियो बजेट सिलिङ

मध्यमकालीन खर्च संरचनाले आगामी वर्ष १९ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ बराबर हुने प्रक्षेपण गरेको थियो ।

आगामी ३ वर्षमा नेपालले गर्नेछ ५९ खर्ब बजेट खर्च, विकासमा साढे १२ खर्ब

३ असार, काठमाडौं । आगामी तीन वर्षमा नेपालले ५९ खर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गर्ने भएको छ । मध्यमकालीन खर्च संरचनाको प्रक्षेपण अनुसार आर्थिक वर्ष (आव) २०८२/८३ सम्म नेपालले कुल ५८ खर्ब ९९ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गर्नेछ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ कारेड […]

आयोगको पूर्ण बैठकबाट वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले बजेटसागै संसद्मा टेबुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित गरेको छ ।

मध्यकालीन खर्च संरचना र स्थानीय तहमा प्रयोग

मध्यमकालीन खर्च संरचनाको अवधारणाअनुसार सीमित स्रोतलाई सरकार सञ्चालन, सेवा प्रवाह र विकास कार्यहरूमा बाँडफाँड गर्ने तीनवर्षीय चक्रीय योजना नै मध्यमकालीन खर्च संरचना (एमटिइएफ) हो । यसअन्तर्गत आगामी तीन वर्षमा खर्च गरिने क्षेत्र, कार्यक्रम, आयोजना र क्रियाकलाप हुन्छन् र प्रत्येक कार्यक्रम र आयोजनाको प्रतिएकाइ लागतसहितको खर्चको प्रक्षेपण हुन्छ । यसका साथै खर्च गरिने क्षेत्रहरूको प्राथमिकीकरण हुनुका […]

स्थानीय तहको वित्तीय व्यवस्थापनमा मध्यमकालीन खर्च संरचनाको प्रयोग

कुनै पनि राजनीतिकर्मीको सफलताको मापन नै तोकिएको निर्वाचन क्षेत्र वा भूगोलमा बजेट विनियोजनको अंक वा योजना संख्याका आधारमा हुने गर्दछ। बजेटको आवश्यकता, औचित्य वा प्रभावकारी कार्यान्वयनमा हाम्रो चासो कम रहन्छ। स्रोतको सदुपयोग वा दुरूपयोगमा हाम्रो सरोकार रहँदैन वा मौन रहन्छौं।

स्थानीय तहमा मध्यमकालीन खर्च संरचनाको आवश्यकता

१. परिचयनेपालमा आ.व. २०५९/६० देखि मध्यमकालीन खर्च संरचनाको अवधारणा अवलम्बन गरिँदै आएको छ। आवधिक योजनाले लिएका समष्टिगत तथा विषय क्षेत्रगत लक्ष्य र उद्देश्यहरू हासिल गर्न सार्वजनिक खर्च व्यवस्थापनको महत्त्वपूर्ण भूमिका हुन्छ । विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय सुशासन जस्ता विषयहरू सार्वजनिक खर्च व्यवस्थापनका मुख्य अवयवहरू हुन् । मध्ममकालीन खर्च संरचनाले आवधिक योजना र वार्षिक […]

तीन वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हुने प्रक्षेपण

२ असार, काठमाडौं । सरकारले महामारीको बीचमा आगामी तीन आर्थिक वर्ष भित्र ५४ खर्ब भन्दा बढी बजेट खर्च गरेर  दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने  लक्ष्य तय गरेको छ । मध्यमकालीन खर्च संरचनामा सरकारले आगामी तीन आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्मका लागि यस्तो लक्ष्य तोकेको हो । उक्त बजेट खर्च भएसँगै तोकिएको अन्तिम आव […]

मध्यमकालीन खर्च संरचना स्थानीय तहसम्म लागू हुँदै

काठमाडौं । मध्यमकालीन खर्च संरचनाको अभ्यास तल्लो तहसम्म लागू गर्न थालिएको छ । संघीय सरकारले विगतदेखि कार्यान्वयन गरे पनि तल्लो तहमा त्यस्तो अभ्यास हुन नसकिरहेको बेला अब भने प्रभावकारी हिसाबले खर्च संरचना बनाएर कार्यान्वयन गर्न लागिएको हो । नेपालमा आर्थिक वर्ष २०५९/६० देखि मध्यमकालीन खर्च संरचना अघि बढाइएको थियो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले हरेक वर्ष मध्यमकालीन खर्च संरचना बनाउन भनेको छ । तर प्रदेश र स्थानीय तहले ऐन प्रारम्भ भएको ३ वर्षसम्म मापदण्डको पालना गरेका थिएनन् । अन्तरसकारी वित्त व्यवस्थापन ऐनले तीनओटै तहका सरकारले मध्यमकालीन खर्च संरचना बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । मध्यमकालीन खर्च संरचनाले सरकारसँग उपलब्ध सीमित स्रोतसाधनको वस्तुनिष्ठ आकलन गर्नेछ, जसले योजनाको प्राथमिकता क्षेत्रमा मध्यम अवधि तीन वर्षका लागि बाँडफाँट गर्न सघाउ पुग्नेछ । खर्च संरचनामा स्थानीय तहले खासगरी चालू आवधिक योजना, मध्यमकालीन खर्च संरचना र वार्षिक बजेट तथा कार्यक्रमको उपलब्धिको आधारमा उत्पादन, रोजगारी, आय, लगानीलगायत परिसूचक समावेश गरी समष्टिगत वित्तीय खाका निर्धारण गर्नुपर्ने हुन्छ । केन्द्रमा राष्ट्रिय योजना आयोग र प्रदेशमा प्रदेश योजना आयोगले यस्तो संरचना बनाए पनि स्थानीय तहमा भने यस्तो छुट्टै संरचना बनेको छैन । अघिल्ला आर्थिक वर्षहरूमा मध्यमकालीन खर्च संरचना अनिवार्य नभए पनि आगामी आर्थिक वर्ष २०७८/७९ देखि भने अनिवार्य गर्न लागिएको सरकारी अधिकारीहरूले बताएका छन् । ऐनमै गरिएको व्यवस्था भएकाले स्थानीय तहले मापदण्डमा रहेर अनिवार्य रूपमा त्रिवर्षीय खर्च संरचना बनाउनुपर्ने संघीय मामिला मन्त्रालयका सहसचिव डिल्लीराम पन्थीले बताए । उनका अनुसार यससम्बन्धी मन्त्रालयले दिग्दर्शन बनाएर पठाइसकेको छ । अब कुनै बहानामा स्थानीय तहलाई खर्च संरचनाविना बजेट ल्याउने छूट नहुने उनको भनाइ छ । स्थानीय तहको मध्यमकालीन खर्च संरचनालाई सरल, यथार्थपरक र कार्यान्वयनयोग्य बनाउन मन्त्रालयले तयार पारेको दिग्दर्शनमा विषय क्षेत्र÷उपक्षेत्रगत नतीजा सूचकको उपलब्धिका आधारमा मध्यमकालीन लक्ष्य निर्धारण गरी विषय क्षेत्र/उपक्षेत्रगत खर्च तथा स्रोतको त्रिवर्षीय अनुमान तथा प्रक्षेपण गर्न सकिने व्यवस्था गरिएको छ ।

मध्यमकालीन खर्च संरचना निर्माणको अभ्यास छैन स्थानीय तहमा

आठ चरण चालू आवधिक योजना र वार्षिक विकास कार्यक्रमको समीक्षा त्रिवर्षीय खर्चको प्रक्षेपणसहितको बजेटको आकार र स्रोतको आकलन बजेट सीमा निर्धारण तथा बाँडफाँड, बजेट सीमा र मार्गदर्शन स्वीकृति तथा सम्प्रेषण विषय क्षेत्रगत मध्यमकालीन खर्च संरचनाको प्रारम्भिक मस्यौदा तयारी रहेको छ । विषयगत योजना तर्जुमा समितिहरूमा मस्यौदामाथि छलफल मध्यमकालीन खर्च संरचनाको अन्तिम मस्यौदा तयारी अन्तिममा मध्यमकालीन […]

स्थानीय तहको मध्यमकालीन खर्च

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ ले तीनै तहका सरकारले अनिवार्य रूपमा मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय तहमा मध्यमकालीन खर्च संरचनाको औचित्य र महŒवबारेमा पूर्ण ज्ञान तथा दक्ष जनशक्तिको कमी र मध्यमकालीन खर्च संरचना निर्माणका लागि आवश्यक अध्यावधिक आवधिक योजना, आन्तरिक राजस्व सुधार कार्ययोजना तथा क्षेत्रगत र विषयगत तथ्याङ्क र सूचनाको अभावका कारण अधिकांश स्थानीय तह कार्यान्वयन चरणमा प्रवेश गर्न सकिरहेका छैनन् । सङ्घीयता कार्यान्वयनको महŒवपूर्ण भूमिकामा रहेका स्थानीय तहहरूको दीर्घकालीन सोच ‘समृद्ध पालिका र खुसी नागरिक’ नै हुनुपर्छ । स्थानीय तहको समृद्धि भनेको समग्र प्रदेश हँुदै मुलुककै समृद्धि हो । त्यसकारण स्थानीय तह कार्यान्वयनका पक्षले प्रथम कर्तासमेत हुन् । पालिकाको आवधिक योजना भनेको दीर्धकालीन सोचलाई चरितार्थ गर्ने किसिमबाट बनाइनुपर्छ । आवधिक योजनाले निर्दिष्ट गरेअनुसार योजनाबद्ध रूपमा वार्षिक विकासका कार्यक्रम तय गर्नुपर्छ । वार्षिक कार्यक्रमको तर्जुमा र सफल कार्यान्वयनपश्चात् निर्दिष्ट लक्ष्यको हासिल र मापन गर्नुसमेत आवश्यक हुन्छ ।