काठमाडौं। नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीलाई २०७५ को जेठ २ मा फर्काउने सहमति भएको बताएका छन्। संसद भवन परिषद्मा कुरा गर्दै नेता नेपालले आफूहरुको बटमलाइनमा प्रधानमन्त्री ओली सहमत भएको बताए। अन्य विषयमा भने कार्यदल बनाएर थप छलफल हुनेसमेत उनले स्पष्ट पारे।