काठमाडौं। पछिल्लो २४ घण्टामा तीन हजार ८४० जना संक्रमित बढेसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २९ हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशमा २९ हजार ४४४ जना सक्रिय संक्रमित छन्। आज देशभर ३३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या सात लाख ४६ हजार ६५७ पुगेको छ।