काठमाडौँ : गत साता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अंकको सुधार देखिएको छ। आज (आइतवार) नेप्से परिसूचक १० दशमलव ३७ अ्कले बढेर २ हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको छ।आज ३०६ कम्पनीका १ करोड ७ लाख ५१ हजार १६४ कित्ता शेयर १ लाख ७८२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको छ।आज बैंकिङ समूह शून्य दशमलव ०९, होटल तथा पर्यटन समूह १ दशमलव ८६, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ र म्