नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् । बुधवार कञ्चनपुरमा भएको पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरेका हुन् । ‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘दुनियाँ आश्चर्यचकित हुनेछ ।’ अध्यक्ष ओलीले एमालेले अरूका बलमा र अरूका पैसा छरेर नभई जनताले भोट खसालेर जित्ने समेत बताए । उनले