काठमाडौं : सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ।नागरिक संघर्ष समितिको अगुवाइमा संवैधानिक व्यवस्थाअनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो। धर्नामा बसेकाहरूले नागरिकताबाट आफूहरूलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन्।उनीहरूले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए। राष्ट्रको पहिचानको रुपमा रहेको नागरिकता समेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरूको आरो