काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको बताएकी छिन् । यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको उनले बताएकी छिन् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा...