काठमाण्डाै - भारतले धार्चुलामा बनाउँदै गरेको कैलाश-मानसरोवर सडक खण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
हिजो दिउँसो ४ बजे कैलाश मानसरोवर सडक खण्डको धार्चुलामा रहेको लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर पहिरो खसेकाे थियाे । पहिराेमा परि सडकमा काम गरिरहेका डडेलधुराका ४५ वर्षीय नरबहादुर रोकाको ज्यान गएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा ३८ वर्षीय पदमसिंह कुँवर गम्भीर घाइते हुनुभएको छ ।
कुँवर...