रोल्पा हुँदै प्युठान जिल्ला जोड्ने सुनिल स्मृति गाउँपालिका–४ स्थित सुलिचौर–अरेस सडकखण्डको धनचौर भन्ने स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी सडकखण्डमा रहेको अवरोध हटाउने काम सुरु गरेको छ । सुनिल स्मृति–४ स्थित सुलिचौर–अरेस–प्युठान सडकखण्डको धनचौर इलाकामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको थियो । करिब एक वर्षसम्म सडक अवरुद्ध हुँदा रोल्पा तथा प्युठान जिल्लाका दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई यातायात तथा सामान ढुवानीमा समस्या भएको थियो ।सडकखण्डको विभिन्न स्