कालो भिरको पहिरो पन्छाएपछि यातायात सञ्चालन सहज

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लार्के खण्डको कालो भिरमा गएको सुख्खा पहिरो नेपाली सेनाले पन्छाएर आवतजावतमा सहज बनाएको छ । बिहीबार बिहान करिब ६: ३० बजेको समयमा उत्तरी गोरखाको लार्के खण्डको धार्चे गाउँपालिका – १ कालो भिरमा पहिरो जाँदा सडक अवरुद्ध हुँदा सवारी साधना तथा उत्तरी भेगमा पुग्नु पर्ने नागरिकहरू बिच बाटोमा रोकिनु पर्ने अवस्था आएको थियो ।

सम्बन्धित सामग्री

बेनी–जोमसोम सडकको रुप्से झरनामा बेली ब्रिज निर्माण

म्याग्दी : राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से झरनामा बेली ब्रिज निर्माण गरिएपछि नियमित यातायात सञ्चालन भएको छ।उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो बेली ब्रिज नियमित सञ्चालनमा आएको हो।३ वर्षअघि विसं २०७७ साउनमा रुप्से झरनामा आएको बाढीले अस्थायी पुल र निर्माणाधीन पक्की पुल एकसाथ बगाएको थियो। पुल बगाएपछि बर्खामा

स्तरोन्नति नहुँदा कर्णाली राजमार्गको यात्रा पीडादायी बन्दै

कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि जुम्ला सम्मको २ सय ३२ किलोमिटर सडक सञ्चालनपछि यस क्षेत्रका बासिन्दाको जीवनस्तर बदलिँदै गएको छ। विशेषगरी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र नाग्म गमगढी राजमार्गबाट मुगु जिल्लामा यातायात सञ्चालन भएपछि सहज आवतजावत र

यातायात सञ्चालन भएपछि सहज

सर्लाहीको चुरेभेगमा यातायात सञ्चालन हुन थालेपछि स्थानीयलाई बजार आउन सहज भएको छ। सडक नपुगेको चुरेभेगमा खोलाको बगरबाट बस, बोलेरो, टेम्पु, मोटरसाइकलजस्ता सवारी नियमित सञ्चालन हुन थालेका हुन्। अब हिउँदभर खोलाको बगरबाट यातायात सञ्चालन हुने स्थानीयले बताएका छन्। यहाँको लखन्देही, बाँके र कालिन्जोर खोलाबाट सञ्चालन हुने यातायातका साधन सिन्धुलीको मरिण र हरिपुरगढी गाउँपालिकाको विभिन्न ठाउँसम्म पुग्ने गरेका छन्। ईश्वरपुर नगरपालिका–१२, पीपलदमारका बलिमराज वाइबाले बाँके खोलामा पानी घटेपछि बस र बोलेरो सञ्चालन भइरहेको जानकारी दिनुभयो। वाइबाका अनुसार लालबन्दी बजारबाट पीपलदमार हुँदै सिन्धुलीसम्म नै बस चल्न थालेको हो।

दसैँकै मुखमा अस्थायी पुलले ल्याएको खुसी

“यो वर्ष त दसैँंले भन्दा पनि नदीमा ह्युम पाइप राखेर यातायात सञ्चालन हुँदा बढी खुसी लाग्यो । अब त मेलम्चीवासीलाई  हिँदमा मात्रै भएपनि आउजाउ गर्न पनि सहज भयो । ”, मेलम्ची ९ का राजु पुरीले भने । बिरामी पर्दा र छिटो पुगेर आउनुपर्ने अवस्थामा वर्षायाममा धेरै धेरै सकस भएको थियो,  गाउँमा दैनिक एक सय २० लिटर दूध सङ्कलन गरेर मेलम्ची बजारसम्म ल्याउने गर्दै उनले बताए । अस्थायी पुल बनेपछि मेलम्ची पारी रामपुर बेँशीबाट बोक्नुपर्ने समस्या केही समय भए पनि हटेको छ ।  गाडी प्रयोग गर

मन्त्रीहरूसँग आक्रोश : आश देखाएर निराश नबनाऊ

काठमाडौँ : सिसडोलका स्थानीय बासिन्दाले सरकारलाई आश्वासन नदेखाउन आग्रह गरेका छन्। आइतवार सिसडोलको निरीक्षण गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग यस्तो आग्रह गरेका हुन्।उनीहरूले मुड्खु–तीनपिप्ले क्षेत्रको सडकमा सार्वजनिक यातायात सञ्चालन गरेर नागरिकलाई सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरे। शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यो सडक निर्माण नहुँदा ८ वर्षदेखि अलपत्र बनेको छ।त्यस क्षेत्रका स्थ

फेरी उर्लियो मेलम्ची

काठमाडौं।रातिदेखि मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा क्षति पुर्‍याएको छ।जसका कारण सहज रुपमा यातायात सञ्चालन हुने अवस्था छैन।मानवीय क्षति नभएपनि भौतिक संरचनामा क्षति पुगेको छ।

सीधा यातायात सञ्चालनले स्थानीयको दिनचर्या सहज

डोल्पा । ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सीधा यातायात सेवा सञ्चालन भएको छ । भेरी नदीको बीच–बीचमा बेलीब्रिज निर्माण भएपछि सीधा यातायात सञ्चालन भएको हो । यातायातको सुविधाले स्थानीयको दिनचर्या सहज भएको छ । दुई ठाउँमा बेलीब्रिज बनेपछि यातायातका साधन त्रिपुराकोटसम्म पुगेका हुन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीयवासी उत्साहित भएका छन् । एक महीनादेखि सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासी लाभान्वित भएका हुन् । करपगाड र खदाङमा बेलीब्रिज बनेपछि यो सम्भव भएको हो । ठूलीभेरी नदीमाथि बेलीब्रिज बनेपछि गाडी त्रिपुराकोटसम्म सहजै पुग्न थालेको त्रिपुराकोटकी मनमाया न्यौपानेले बताइन् । यसपटक जाजरकोट र रुकुमपश्चिम जोड्न ठूलीभेरी नदीमा सानो बेलीब्रिज बनाइएको छ । यही बेलीब्रिजका कारण सवारीसाधन तथा मालवाहक गाडी सोझै त्रिपुराकोटसम्म पुग्न सकेका छन् । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा पनि वर्षामा बढ्ने खोलाका कारण सवारीसाधन रोकिन सक्छन् । हिउँदमा सुक्ने यी खोलाका कारण वर्षामा सवारीसाधन रोकिन्छन् । उपमखोला र रिजिगाडमा पुल बन्नुपर्नेछ । डोल्पाको खदाङपछि आउने चुंगाड र छलगाडमा पुल निर्माण भएपछि सवारीसाधन वर्षामा समेत चल्न सक्छन् । त्रिपुराकोटमा पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । त्रिपुराकोटबाट सुपपानी हुँदै दुनै पुग्दा रुपगाडमा पनि अर्को पुल बन्नुपर्ने छ । यहाँ पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । यो पुल निर्माणपछि डोल्पा सदरमुकाम दुनै पुग्न सजिलो हुनेछ । बीचबीचमा पुल बन्ने र बनाउने काम भइरहेको छ । रासस

सीमापार यातायात सञ्चालन गर्न प्रमसँग माग

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरुले जिल्लाबाट भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गरिनु पर्ने माग गर्नु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेताहरूले यस्तो माग राख्नुभएको हो । उहाँहरुले कञ्चनपुर क्षेत्रमा भारत सँगको सीमा स्ट्रीप म्यापका आधारमा तय गर्दा धेरै ठाउँमा नेपाली भूमि भारत तर्फ परेको उल्लेख गर्दै यसलाई सच्याइनुपर्ने माग समेत गर्नुभयो । नेताहरूले कञ्चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भए पनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनको कारण भइरहेको ढिलाई भएको कुरा जानकारी गराउनु भएको थियो ।