कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका अधिकांश कम्पनीले यतिबेला आर्थिक वर्ष २०७६/७७ को साधारणसभा गरिसकेका छन् । कम्पनी रजिष्ट्रार कार्यालयको नियम अनुसार पुस मसान्तभित्र यस्ता कम्पनीले साधारणसभा गरी कम्पनी अद्यावधिक गराउनुपर्छ । समयमा कम्पनी अद्यावधिक नगराउने कम्पनीलाई चुक्ता पुँजीको आधारमा ५ हजारदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था छ ।सूचीकृत कम्पनीहरुलाई झनै समयमा साधारणसभा गराउने दबाब हुन्छ । सर्वसाधारणमा शेयर गर्दा कम्पनी आम जनताप्रति उत्तरदायी हुनुपर्ने भएकोले ती कम्पनीहरु