डोटीमा बढ्दै व्यावसायिक सुन्तलाखेती

दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् ।यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका–२ का तारा मटेलीले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । उहाँले आफ्नो जमिनमा सानाठूला गरी सुन्तलाका करिब पाँच सय बोट लगाएका छन् । बाबुबाजेले अन्नबाली लगाउँदै आएको जमिनमा च

सम्बन्धित सामग्री

म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी गर्दै महिला किसान

गलेश्वर (म्याग्दी) । सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरैजसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । सुन्तलाको राम्रो बगान भएका र व्यावसायिकरुपमा लागेका किसानले वार्षिक रु तीनदेखि आठ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर बेनी नगरपालिकाको राखु, मरेक, सुर्केमेला, घतान, मङ्गला गाउँपालिकाको बरङ्जा, भेडाबारी, अर्मन, मालिका गाउँपालिकाको रुन्मा, बिम, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, दोवा र अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला बढी उत्पादन हुने गरेको छ । म्याग्दीमा २ सयभन्दा बढी सुन्तला बगैँचा छन् । म्याग्दीमा विशेषगरी सुन्तलाखेतीको रेखदेख र बिक्रीवितरणको जिम्मेवारी महिलाले लिएका छन् । यहाँका युवा अधिकांश विदेश भएकाले अरु खेतीपाती झैँ सुन्तलाखेती पनि महिलाकै कारण फस्टाएको र यसबाट भएको आम्दानीले महिला स्वावलम्बी बन्दै गएको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी मायादेवी पुनले बताइन् । पुनले सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेको बताइन् । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक ५० हजारदेखि डेढ लाख रूपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएकी छु”, कृषक पुनले भन्नुभयो, “व्यावसायिकरुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।” सुन्तला खेतीलाई यहाँका महिला किसानको पेन्सनका रुपमा लिन सकिने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उनको भनाइ छ । “सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ”, उनले भने, “एकपटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्यरुपमा बगानको हेरचाहमात्र गरे धेरै दुःख गर्न पर्दैन ।” व्यावसायिक सुन्तला खेतीमा लागेका यहाँका महिला घरको अरु काम धन्दालाई भन्दा सुन्तलाको स्याहार सुसारलाई बढी ध्यान दिने गरेको बेनी नगरपालिका–३ राखु भकिम्लीकी कृषक धना पुनले बताइन् । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेकाले बिक्रीका लागि कुनै समस्या नभएको उनको भनाइ छ । यस वर्ष सुन्तला बिक्री गरेर १ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको उनले बताइन्। यहाँ उत्पादित सुन्तला बेनी, पोखरा हुँदै काठमाडौँ र नारायणघाटसम्म पुग्ने गरेको स्थानीय किसानले बताएका छन् । सुन्तला बिक्रीबाट आम्दानी लिन थालेपछि महिलाको आम्दानीबाट नै घरखर्च धानिने, छोराछोरीको पढाइ खर्च पुग्ने र बचेको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गरिएका छन्। बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपरेको छैन । पश्चिमी र उत्तरी म्याग्दीमा फलेका सुन्तलाको बजारमा राम्रो माग रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले यहाँका सुन्तलाको बजारमा छुट्टै स्थान रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्राविधिक श्यामशरण कुर्मीले बताए । सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै महिला व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उनले बताए । म्याग्दीमा यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन यहाँका महिला व्यस्त छन् । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । म्याग्दीमा ७०६ हेक्टर क्षेत्रमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । यहाँ गत वर्ष ३ हजार ९०५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र म्याग्दीको तथ्याङ्क छ । रासस

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

बागलुङ । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ ।  सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट रु साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै रु ५० लाखको सुन्तला बिक्री हुन बाँकी  छ । आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान अनन्तबहादुर खड्काले यो वर्ष रु पाँच लाखमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए ।...

डोटीमा बढ्दै व्यावसायिक सुन्तलाखेती

काठमाडौँ,१६ कार्तिक । दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् । यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका–२ का तारा मटेलीले व्यावसायिकरुपमा सुन्तला खेती गर्दै […]

डोटीमा बढ्दै व्यावसायिक सुन्तलाखेती

दिपायल । दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् ।   यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका–२ का तारा मटेलीले व्यावसायिकरुपमा...

व्यावसायिक सुन्तला खेतीप्रति आकर्षीत कृषक

दिपायल– दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा-व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् । यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका-२ का तारा मटेलीले व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका छन् […]

एउटै गाउँबाट ५ करोडको सुन्तला विक्री

पर्वत (अस) । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यो वर्ष करीब रू. ५ करोडको सुन्तला विक्री गरेका छन् । अनुकूल मौसमका कारण यस वर्ष सुन्तला खेती फस्टाएकाले किसानले राम्रो आम्दानी लिन पाएका हुन् । व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला विक्रीबाट गाउँमा राम्रो आम्दानी गरेको सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिए । सुन्तला विक्रीबाट गतवर्ष यो गाउँमा ३ करोड भित्रिएको थियो । ‘बोटबाटै प्रतिकिलो १३० देखि १५० रुपैयाँसम्ममा विक्री गर्दै आएका छौं,’ खत्रीले भने, ‘पोखरा, मुग्लिन, नारायणगढ लगायत बजारबाट व्यवसायी सुन्तला खरिद गर्न आए, माग पूरा गर्नै सकिएको छैन ।’ उनका अनुसार ढिलोगरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको छ । बाँसखर्कमा खाद्यान्न र अन्य फलफूल उत्पादन हुँदैन । धान, कोदो र मकैभन्दा सुन्तलाखेतीले बढी फाइदा हुने भएपछि किसानले सुन्तलालाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । ‘पाँच लाख रुपैयाँभन्दा थोरै कमाउने कुनै घरै छैनन्,’ अध्यक्ष खत्रीले भने, ‘१९ लाखसम्म आम्दानी गर्ने किसान समेत छन् ।’ सुन्तला विक्रीबाट आफूले यस वर्ष करीब १३ लाख रुपैयाँ आम्दानी गरेको उनले सुनाए । यो गाउँमा सबैभन्दा बढी सुन्तला भक्तबहादुर पाइजाले विक्री गर्छन् । सुन्तलाबाट यस वर्ष झन्डै १६ लाख आम्दानी हुने उनले बताए । सुन्तलाको कमाइले बजारमा घरघडेरी नजोडेका किसान निकै कम छन् । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा तीन वर्षअघि ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ । शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र ‘अफसिजन’मा विक्री गर्न सहज भएको स्थानीय कल्पना खत्रीले बताइन् । तर अधिकांश सुन्तला बोटबाटै विक्री हुने भएकाले अहिले भण्डारण गर्नुपर्ने अवस्था नभएको उनको भनाइ छ । सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा वर्षेनि क्षेत्रफल विस्तार हुँदै आएको छ । चार वर्ष अघिसम्म १६१ परिवारले मात्रै व्यावसायिक सुन्तलाखेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले बताएको छ । यहाँका अधिकांश कृषक अन्नबाली छाडेर सुन्तलाखेतीमा लागेका छन् । पहिले यहाँ कोदो र मकैखेती बढी हुन्थ्यो । अहिले खेतबारी सबै सुन्तलाको बगानले ढाकिएको छ ।