रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ । प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उहाँ निरास बनेर गाउँ फर्कनुभयो । “घरखर्चदेखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिएँ, आधा सामान पनि किनमेल गर्न पुगेन, दसैँको अरु तयारी त गर्नु छँदैछ, महँगीले हामीलाई चाडपर्व मनाउनै समस्या छ”, दर्जीले भन्नुभयो ।
बेनी : रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ।प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उहाँ निरास बनेर गाउँ फर्किए। ‘घरखर्चदेखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिएँ, आधा सामान पनि किनमेल गर्न पुगेन, दसैँको अरु तयारी त गर्नु छँदैछ, महँगीले हामीलाई चाडपर्व मनाउनै समस्या छ’, दर्जीले भने। मालिका गाउँपालिका–२ रुमबाट बेनीमा चाडपर्वलाई लक्षित गरी सामान किन्न
बेनी, कार्तिक ४ । रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ । प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उहाँ निरास बनेर गाउँ फर्किए । “घरखर्चदेखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिएँ, आधा सामान पनि किनमेल गर्न पुगेन, दसैँको अरु तयारी […]
बेनी, रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ । प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उहाँ निरास बनेर गाउँ फर्कनुभयो । “घरखर्चदेखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिएँ, आधा सामान पनि किनमेल गर्न पुगेन, दसैँको अरु तयारी त गर्नु छँदैछ, …
जब जब चाडपर्व नजिकिँदै जान्छ, तब तब हाम्रा सरकारी निकायहरू शुद्धताको अनुगमनमा निस्किइहाल्छन् । अनुगमनका यस्तो रामलीला नाटक हरेक वर्ष, हरेक शहरहरूमा मञ्चन गरिन्छन् । सरकारलाई पनि थाहा छ, यो उपभोक्ताका आँखामा छारो हाल्न गरिएको मेसो हो । उपभोक्तालाई पनि थाहा छ यो हाकिमहरूको अतिरिक्त कमाइको पासो हो । यसमा अरू धेरै कसैको गुनासो पनि छैन । गुनासो केवल सीमित यस्ता मान्छेहरूको हो, जो हरेक कुरामा शुद्धता र जवाफदेहिता खोजिरहेका हुन्छन्, जुन कुरा अहिलेको जमानामा, त्यो पनि हाम्रो देशमा सम्भवै छैन । त्यसैले यो त्यस्ता सीमित मान्छेहरूको मात्र समस्या हो, देशको, उद्योगीको, कर्मचारीतन्त्रको, राजनीतिको वा समाजको समस्या नै हैन ।
अहिलेको जमानामा तपाईंले शुद्धता खोजेर कहाँ वा कुन कुरामा पाउन सक्नुहुन्छ र भन्या ! सबैलाई थाहा छ, तपाईं बजारमा शुद्ध घिउ खोज्न जानुस्, डाल्डा वा पिँडालु मिसाएको पाउन सक्नुहुन्छ । फेरि मिसाएको डाल्डा पनि शुद्ध हुन्छ भन्ने कुनै ग्यारेन्टी त हुन्न । असला माछा त असली नहुने जमानामा मसला शुद्ध पाउने कुरै भएन । चामल, आँटादेखि कपडासम्म शुद्ध पाइन्न । अरू त अरू सुनमा समेत मिसावट बढ्न थालेको छ । देखिहाल्नु भो नि जिउँदो हुँदादेखि मरेपछि पुग्नुपर्ने पशुपतिनाथमा चढाएको सुनमा समेत पित्तल मिसाउन भ्याएछन् ! अब सुनभन्दा पित्तल पर्ने र पित्तल किन्दा सुन पर्ने जमाना आएपछि शुद्धता चाहिँ कहाँ पाउनु भन्या ? पित्तलमा सुन पर्दा जेल, सुनमा पित्तल पर्दा झेल । यस्तो तालमेलको खेल कहिले र कसरी पार्ने होला फेल ?
एउटा समय थियो रे जब देशमा शुद्ध दूध र घिउको नदी नै बहन्थ्यो रे । हो, त्यो दूधको नदी सानो थियो । तर जति बहन्थ्यो, पाउनेले शुद्ध नै पाउँथे । बीचमा विपरीत हावा लाग्न थाल्यो । बजारमा माग धान्न धौ धौ पर्न थाल्यो । अनि त के ? दूधको नदीमा पानीको नहर मिसिन थाल्यो । हुँदा हुँदा अहिले गाईभैंसीको दानामार्फत वा सीधै जहर अर्थात् मन्द विष समेत उपभोक्ताले दूधसँगै उपहार पाइरहेका छन् । त्यसपछि नेपाली अर्थशास्त्रमा यो सिद्धान्त प्रतिपादित भइसकेको छ कि मासमा पुग्नु छ भने अनिवार्य मिसावट गर, शुद्धताको सजावट गर ।
असला माछा त असली नहुने जमानामा मसला शुद्ध पाउने कुरै भएन । सुनभन्दा पित्तल पर्ने र पित्तल किन्दा सुन पर्ने जमाना आएपछि शुद्धता चाहिँ कहाँ पाउनु भन्या ? पित्तलमा सुन पर्दा जेल, सुनमा पित्तल पर्दा झेल । यस्तो तालमेलको खेल कहिले र कसरी पार्ने होला फेल ?
यसरी दूधको नदीमा पानीको मात्रा बढ्दै गयो र कालान्तरमा दूध तत्त्व (त्यसभित्र रहेको घिउ, खनिज आदि) गायब हुँदै गयो र केवल सेतो पानी मात्र बाँकी रह्यो । तैपनि उपभोक्ता कराइरहेका छन्– दूध चाहिएन, बरु शुद्ध पानी नै पाऊँ न त भनेर । तर अफसोस– शुद्ध पानी पनि कहाँ पाइन्छ र हजुर ? अब पानी नै शुद्ध नपाएपछि पानी नै पानीले भरिएको शरीर कति दिन र कसरी शुद्ध रहन सक्छ र ?
तपाईंले अलि ध्यान दिनुभयो भने थाहा पाइहाल्नुहुन्छ यहाँ केही, कोही शुद्ध छैनन् । जस्तै, कर्मचारीतन्त्रमै हेर्नुस् । अपवाद बाहेक, के त्यहाँ कुनै शुद्ध कर्मचारी तपाईंले देख्नु वा भेट्नुभएको छ र ? अझ राजनीतिमै हेरौं न । त्यहाँ त झन् शुद्ध नेता खोज्नु भनेको स्यालको सिङ खोज्नुजस्तै भएको छ । जनयुद्ध गरेर देशलाई समाजवादमा पुर्याउँछु भन्नेहरू, सभामुख, मन्त्री, प्रधानमन्त्री भैखाका मान्छेहरू त अन्तमा गएर सुनको सुरुङमा वा सर्प पाल्ने भ्वाङमा पो पुर्याउने भएछन् । त्यस्तो नहोस् पनि किन ? किनकि न दल शुद्ध छन्, न त तिनका घोषणापत्र । न तिनका दृष्टिकोण शुद्ध, न तिनीहरूले चलाउने वर्गीय संगठन शुद्ध छन् । कतै छन् भने देखाउनोस् । हो, सुन र पानी दुवै शुद्ध नभए पनि सुनपानीले दलाल, गुण्डा, भ्रष्टाचारी र तस्करलाई चोख्याउन सक्ने ल्याकत भने नेतामा चौरासी क्यारेट शुद्धता देखिन्छ ।
दलहरूका लागि प्रगति भनेको जातिवाद हो, अझ गुट, उपगुटवाद हो । उनीहरूको धर्मसंस्कृति भनेको संकीर्णता हो । समाजवाद भनेको वर्ग स्वार्थ हो । समाजसेवा भनेको नेतागिरी हो । अर्थात् देखाउने दाँत एउटा छ, चपाउने अर्कै । अनि देशमा तपाईं शुद्धताको आशा गर्ने ? यसको अर्थ के नेताहरूले यो देशको हितको विषयमा कहिल्यै चिन्तन गर्दै गर्दैनन् हो ? हैन । गर्न त गर्छन् नि । तर जब नेता चिन्तन गर्न थाल्छन्, तब त्यसमा कसरी कसरी आफ्ना दलको, अझ गुटको र अझ आफ्नो परिवारको हित चैं आफै मिसिन आउँदो रहेछ क्या !
यसको मतलब के जनता चैं सबै शुद्धै शुद्ध छन् त ? जनता शुद्ध भैद्या भे देशमा गधाहरू आफ्नै घरघरका छतमाथि पुगुन्जेल जनता के हेरेर बसिरहन्थे त ? अनि देश यति धेरै खण्ड खण्डमा, गुट उपगुटमा, सम्प्रदाय सम्प्रदायमा विभक्त भइरहुन्जेल के हेरेर बसिरहन्थे त ? अझ सामाजिक सञ्जालमा लेखिने र देखिने विचार तथा पृष्ठपोषणको भाषाको स्तरले जनता कुन हदमा शुद्ध रहेछन् भनेर देखाउँदैन र ? अर्थात् जस्ता जनता छन्, नेता पनि त्यस्तै हुने नै भए नि । हैन र ? त्यसो भए नेता अशुद्ध भएर जनता अशुद्ध भएका कि जनता अशुद्ध भएर नेता अशुद्ध भएका भनेर नसोध्नु होला । किनकि, यो त अण्डा पहिले कि कुखुरा पहिले भने जस्तो भएन र भन्या ?
त्यसैले अहिलेको जमानामा शुद्ध चिज खोज्नु नै मूर्खता हो भन्छु म त । कोही मुसुक्क हाँस्यो भने पनि त्यसमा व्यापार मिसिएको देख्छु । अब त चाहे शुद्ध घिउ, मह होस् वा शुद्ध प्रेम, अथवा शुद्ध देशभक्ति वा शुद्ध देशभक्तिको चिन्तन सबै सबै कुरामा पनि मिसावटै मिसावट देखिन्छ । पुजारी र भक्त, मन्दिर र मस्जिद सबै कता कता अशुद्ध नै अशुद्ध देखिन्छन् । धर्मग्रन्थले अहिंसा भन्छ, त्यही ग्रन्थ बोकेर मान्छे बस्तीमा बम बर्साउँछ । अनि अब मन्दिर र मस्जिदमा पनि नपाएको शुद्धता खोज्न कहाँ जाने ?
यसरी यहाँ न तन शुद्ध रह्यो, न मन शुद्ध रह्यो, न धन शुद्ध रह्यो, न त आत्मा शुद्ध रह्यो । हुँदा हुँदा अशुद्धताको विरुद्ध कारबाही गर्दै हिँड्नुपर्ने न सरकार शुद्ध रह्यो, न त्यसको विरोधमा आवाज उठाउनुपर्ने प्रतिपक्ष नै शुद्ध रह्यो । शुद्धताको वकालत गर्न खडा भएका उपभोक्ता हित समूहहरू केवल आफ्नो हित पो हेर्नेमा गए । यस्तो माहोलमा शुद्धताको कुरा गर्ने वा शुद्धताको खोजी गर्ने कोही यो देशमा छन् भने तिनलाई देशद्रोही घोषणा गरेर तुरुन्त देश निकाला गरियोस् सरकार ! यो चैं मेरो शुद्ध अनुरोध हो, यसलाई चाहिँ अशुुद्ध नपारौं है, सम्बन्धित सबैलाई हेक्का रहोस् !