भित्तामा सुन्दर रङ : तपाईंले सही रङ छनोट गर्नुभयो भने तपाईंको सानो घर पनि आकर्षक र चिटिक्क देखिन्छ । कोठाहरू पनि फराकिला देखिन्छन् । वालपेपर पनि टाँस्न सकिन्छ । अहिले बजारमा कम...
धनगढी । एकवर्ष अघि प्लास्टिकजन्य वस्तुमा प्रतिबन्ध लगाएको कैलालीको धनगढी उपमहानगरपालिकाले पुष्प व्यवसाय गर्ने कृषकहरुलाई पुष्पखेती प्रविधि तथा पुष्प सजावट सम्बन्धि तालिमको आयोजना गरेको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको सो तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ । तालिममा कृषकले उत्पादन गरेको फूलको बजारीकरण, पुष्प सजावट र पुष्पलाई प्रविधिसँग कसरी जोड्ने ? भन्ने उद्देश्यले उक्त […]
The post पुष्पखेती प्रविधि तथा पुष्प सजावट तालिम सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
अन्य देशको मरुभूमिमा कोही बटुवाले बाटो भुल्यो भने त्यहाँ ऊ भोकले भन्दा पहिले प्यासले मर्छ होला। हाम्रो देशको कुनै पनि अनकन्टार ठाउँमा कसैले बाटो बिरायो भने कैयौं दिनसम्म पनि ऊ भोकप्यासले मर्दैन। त्यहाँ कतै न कतै पानी त हुन्छ नै। पानीका साथै त्यहाँ जुनसुकै...
३ कात्तिक, काठमाडौं । काठमाडौंका मिठाइ पसल छिर्दा यहाँको सुन्दर र अकर्षक सजावटले जो कोहीको ध्यान खिच्छ । तर, मिठाइ पसलको आकर्षक देखिने सजावट जस्तो त्यसको उत्पादन र भण्डारण भने फोहोर र दुर्गन्धित रहेको पाइएको छ । बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरु त्रिपुरेश्वरको एक मिठाइ पसलको भान्सामा पुग्दा दुर्गन्धले टिक्नै सकेनन् । […]
घोराही बजारका अधिकांश नाई पसल अर्थात् जेन्ट्स पार्लरहरु सजावटका हिसावले निकै लोभलाग्दा र राम्रा देखिन्छन् । केही नाई पसलमा एसीसमेत जडान गरिएका छन् । तर नाई पसल जति सजावट गरिएका हुन्छन्, सेवामा भने त्यत्ति सजिन सकेका छैनन् ।झट्ट हेर्दा ‘स्मार्ट’ देखिए पनि सेवामा सुधार आउन सकेको छैन । अधिकांश नाई पसलमा लेबल बिहीन सामान, निर्मलीकरण नगरी कैची, काइँयो र ब्लेड तथा मेसिन प्रयोग गर्दछन् । आइतबार घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले गरेको नाई पसल अनुुगमनका क्रममा अधिकांश पसलहरु द
काठमाडौं । घरको सुरक्षा विभिन्न माध्यमले गर्न सकिन्छ । घरका भित्ता, ग्राउन्ड फ्लोर, भर्याङलगायत सुरक्षाका लागि रंग, टायल्स, मार्बल, ग्रेनाइट आदि प्रयोग गरिन्छ । घरको भित्ताको सुरक्षामा बढी रंगको प्रयोग हुन्छ । रंगको टिकाउपना बढीमा १० वर्षसम्म हुने भए पनि लागतको हिसाबले सस्तो मानिन्छ । घरको सुरक्षाका साथै बढी टिकाउनपना र आकर्षक सजावटका लागि मार्बल नै उपयुक्त हुन्छ ।
घरका फ्लोर, भित्ता, भर्याङ, ट्वाइलेट, बाथरुम आदिमा बिछ्याउन मार्बल, टायल्स र ग्रेनाइट प्रयोग गरिन्छ । आर्थिक रूपमा यी सामग्रीको प्रयोग महँगो पर्छ । तर, पनि घरको फ्लोर, भित्तामा यसको प्रयोगले सुरक्षा, आकर्षक र सजावटका लागि अति उपयोगी हुन्छ ।
मार्बल, टायल र ग्रेनाइट प्रयोग एउटै कार्यका लागि हुन्छ । तिनको विशेषतामा भने केही भिन्नता हुन्छ । यिनीहरूको भिन्नता र विशेषतासम्बन्धी छोटो परिचर्चा सान्दर्भिक हुनेछ ।
मार्बल
सर्वप्रथम मार्बल के हो भन्ने जान्नु त्यसको प्रयोगका लागि आकर्षित हुनु हो । कुनै पनि वस्तुको आवश्यकता, औचित्यबारे ज्ञान भएन भने त्यो वस्तु उपयोगहीन र अर्थहीन हुन जान्छ । मार्बल एक प्रकारको चट्टान (ढुंगा) भए पनि यसको गुण, विशेषता, बनाबटको आधारमा यसको प्रयोग विशेष रहन गएको हो । यसको बनाबटका कारण चम्किलो बनाउन पोलिस गरिन्छ र विभिन्न निर्माण कार्यमा प्रयोग गर्न सकिन्छ । मार्बल मुख्यतया भवन, स्मारक, भित्री सजावट, मूर्तिकला, टेबल टप्स र नवीनताका लागि प्रयोग गरिन्छ ।
प्राचीन समय मार्बलबाट आकर्षक घर र मूर्ति बनाउने चलन रहेको पाइन्छ । आधुनिक समयमा भने मार्बल आवश्यकता बन्दै गएरहेको छ । मार्बलबाट विभिन्न सजावटका सामग्री बन्ने गरेका छन् । रेस्टुरेन्ट, क्याफे आदि मार्बलका आकर्षक टेबलले सजिसजाउ देख्न सकिन्छ ।
मार्बल प्राकृतिक रूपमै विभिन्न रंग र डिजाइनमा उपलब्ध हुन्छन् । मार्बललाई आकर्षक देखाउन पोलिस गरेर सिल्की (चिल्लो) गरी बिभिन्न साइजमा उपलब्ध गराइएको हुन्छ ।
टायल्स
मार्बलजस्तै टायल पनि घरको सुरक्षा र सजावटका लागि प्रयोग हुन्छ । टायल सामान्यतया पातलो, वर्गाकार वा आयातकारमा बनाइएका हुन्छन्, जुन सेरामिक, ढुंगा, धातु, बेक्ड माटो वा सिसाजस्ता कडा खालका सामग्रीबाट बनाइन्छ । तिनीहरू सामान्यतया छत, भुइँ, पर्खाल, किनारा, ट्वाइलेट, बाथरुम ढाक्न प्रयोग गरिन्छ । मार्बल बढी चिल्लो भई लड्ने सम्भावना रहेकाले ट्वाइलेट र वाथरुममा टायलको प्रयोग उपयुक्त मानिन्छ ।
टुटफुट हुने भएको कारण भ¥याङमा टायल प्रयोग उचित मानिँदैन । टायल प्नि विभिन्न साइज र रंगमा उपलब्ध छन् । आवश्यकताअनुसार सानो वा ठूलो साइजको टायल खरिद गर्न सकिन्छ । टायल मानव निर्मित मार्बल र ग्रेनाइटको विकल्पमा आएको हो ।
ग्रेनाइट
ग्रेनाइट पनि मार्बलजस्तै चट्टान हो । टायल र मार्बलको तुलनामा यो एकदमै महँगो हुन्छ । यसको आकर्षकणले सबैलाई नलोभ्याइरहन सक्दन । सोही कारण यसको प्रयोग दिनप्रतिदिन बढिरहेको छ ।
ग्रेनाइट एक मोटो दानायुक्त (फनेरिटिक) मिसिएको आग्नेय चट्टान हो, जुन प्रायः क्वार्ट्ज, अल्काली फल्डस्पार र प्लेजियोक्लेजबाट बनेको हुन्छ । ग्रेनाइट ठूल–ठूला आकारमा हुन्छ । यो एक कडा खालको चट्टान भएकाले यसलाई निर्माणमा अत्यधिक प्रयोग गरिन्छ ।
मार्बल्सको प्रयोगबाट हुने फाइदा
प्रयोगको हिसाबले मार्बल सर्वसाधारणको पहुँचमा नहुन सक्छ । तर, फाइदाको दृष्टिकोणबाट यसको प्रयोग अति उत्तम सावित हुँदै गएको छ । मार्बल हाउसका प्रोप्राइटका अनुसार आकर्षक नै यसको मुख्य विशेषता हो । मार्बललाई शुद्धता र स्थिरताको प्रतीकको रूपमा लिइन्छ । सिमेन्ट र रंग दुवै छिटो बिग्रने, लेउ लाग्ने, चुहिने समस्याका कारण मार्बल बिकल्प बन्न गएको हो ।
यसले घरमा आकर्षण थप्नुका साथै घरका भित्ता र भुइँ फुट्ने, चर्किने समस्याबाट मुक्ति दिलाउँछ । सफा गर्न सजिलो यसको अर्को प्रमुख विशेषता हो । सफा गर्न सजिलो भएका कारण घर सधैं सफा/सुग्घर राख्नमा सहयोग पुग्छ । टुटफुट हुने समस्याबाट मुक्त हुनुका साथै घाम, पानी, हावाहुरीजस्ता बाहिरी वातावरणबाट समेत क्षति नहुने भएकाले घरमा मार्बल प्रयोग निकै फाइदाजनक देखिएको छ । सिमेन्ट, रंगजस्तो मार्बल छिटो बिग्रने हुँदैन ।
तत्कालका लागि आर्थिक रूपमा केही महँगो देखिए पनि टिकाउको हिसाबले कालान्तरमा यसको प्रयोग किफायती नै हुने देखिन्छ । मार्बल विभिन्न रंगमा पाइन्छन् । प्राकृतिक रंग भएकाले रंगजस्तो छिटो बिग्रने हुँदैन । त्यसैले मार्बल अनन्तकालसम्म सफा, आकर्षक रहिरहन सक्छ ।
मार्बल प्रयोगबाट फाइदा मात्रै हुन्छ भन्ने होइन । मार्बल चिसो मौसममा अत्यधिक चिसो हुन्छ । चिसोकै कारण खाली खुट्टा हिँड्न सकिँदैन ।
सप्तरी– सप्तरीका विभिन्न स्थानमा लाखौं खर्च गरेर प्रतिस्पर्धामा लक्ष्मी पूजा गरिँदै छ । सार्वजनिक स्थानहरूमा वर्षौंदेखि लक्ष्मी पूजाभन्दा सजाबट महँगो हुँदै आएको स्थानीयको गुनासो छ । कसरी राम्रो सजावट, आकर्षक र नमुना बनाउन सकिन्छ ? बढीभन्दा बढी भक्तजनको घुइँचो लाग्छ भन्ने उद्देश्यले महँगो सजाबट गर्ने प्रवृत्ति सप्तरीमा हरेक वर्ष बढ्दै गएको राजविराज–७ कि ४४ वर्षीया ममता […]
कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा एडभान्स लेभलको कटफ्लावर रिटेल सप म्यानेजमेन्ट तालिम राजधानीमा सुरु भएको छ। नेदरल्याण्डका पम एक्सपर्ट जानकीले प्रशिक्षण दिने ७ दिने तालिममा कार सजावट, फूलको गुच्छा, टेबल सजावट, पसल सजावट, पार्टी प्यालेस सजावट, पसलमा प्लान्ट र पुष्प सजावट गर्ने तरिकाहरु सिकाइने छ। तालिम आजदेखि होटल क्राउन प्लाजामा सुरु…