जुम्ला : जुम्ला तिला गाउँपालिका-७, गोठीगाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै बस्ती खरानी बनायो।बलिरहेको आगो निभाउन न पानी थियो, नत कुनै अन्य उपाय! आगलागी भएको टुलुटुलु हेरि रहनुको विकल्प थिएन। हेर्दाहेर्दै बस्ती खरानीको थुप्रोमा परिणत भयो।सो बस्तीमा अहिले स्थानीय जान पनि डराउने अवस्था छ। जताततै आगोमा डढेका सामान र संरचनाका कालो थुप्रो मात्रै देखिन्छ। आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा र बस्तुभाउ सबै जलेर नष्ट भएका थिए।