काठमाडौं : सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणको लाइन हटाउने निर्णय गर्यो। राहदानी विभागको लाइन व्यवस्थापन गर्न शुरु गरेको अनलाइन प्रणालीले जनताको समस्या सुल्झाउनुको सट्टा बल्झाएसँगै मन्त्रिपरिषदको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। देशको संघीय राजधानी काठमाडौंमा राहदानी बनाउनकै लागि दिनभर लाइनमा बिताउनु नौलो विषय होइन। वर्षौंदेखि मेसिन रिडेबल पासपोर्ट बनाउँदा दिनभर लाइन बस्नुपर