सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहोर्याए । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो सम्झौतामा गम्भिर खालका राष्ट्रिय हित विपरितका कुराहरु रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर