अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रमुख दलका शीर्ष नेताहरुलाई टेलिफोन गरी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)तत्काल पारित गर्न दबाब दिएका छन्।विदेशमन्त्री लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गर्दै एमसीसी पारित गर्न दबाब दिएका हुन्।उनले एमसीसीको विषयमा नेपालले ५वर्षअघि गरेको प्रतिबद्धता पूरा नगरे अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्नसक्ने चेतावनी दिएका छन्।