एमसीसी अघि बढाए कडा प्रतिकार गर्ने विद्यार्थी संगठनको चेतावनी

सरकारले अमेरिकी परियोजना एमसीसी पास गर्ने तयारी गरेकोप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ । सोमबार विद्यार्थी संगठनका तर्फबाट अखिल क्रान्तिकारीका रञ्जित तामाङ, अनेरास्ववियुका सुदेश पराजुली र अखिल छैठौका विमल पोखरेलले विज्ञप्ति जारी गर्दै जबर्जस्ती एमसीसी पारित गरे कडा प्रतिकार र संघर्ष गर्ने चेतावनी दिएका छन् । उनीहरुले नेपालको विद्यार्थी आन्दोलनले एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग समेत गरेका छन् ।  ‘अमेरिकी साम्राज्यवादी उद्देश्य